गृह » लागूऔषधको कारोबार गर्ने तीन पक्राउ
समाचार समाज

लागूऔषधको कारोबार गर्ने तीन पक्राउ

रत्ननगर । इलाका प्रहरी कार्यालय रत्ननगरले लागूऔषध कारोबार तथा सेवन गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा कालिका नगरपालिका–१ का उमेश राई, सोही ठाउँका सुनिल सुनार र रत्ननगर–७ का गणेश लामा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । राईलाई उनकै घरमा लुकाइछिपाइ राखेको अवस्थामा विभिन्न लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण रञ्जितकारले जानकारी दिए ।
राईसहित कालिका नगरपालिका–१ कै सुनिल सुनार र रत्ननगर नगरपालिका–७ का गणेश लामालाई पनि पक्राउ गरिएको डीएसपी रञ्जितकारले बताए । राईको घरबाट डाईजेपाम १० थान, फेनारगन ९ थान, नुफिन ९ थान, सिरिन्ज ४ थानसमेत बरामद गरेको रञ्जितकारले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागूऔषध कारोबार ऐनअन्तर्गत मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
त्यसैगरी चोरीका घटनामा संलग्न तीन जनालाई इलाका प्रहरी कार्यालय टाँडीले पक्राउ गरेको छ । चोरीका विभिन्न घटनामा संलग्न उनीहरुलाई जेठ २८ गते पक्राउ गरिएको कार्यालयका प्रमुख डीएसपी नारायण रञ्जितकारले बताए । पक्राउ पर्नेमा रत्ननगर–२ का भरत परियारसहित अन्य दुई जना १४ वर्षीय बालक रहेका छन् । ती बालकहरुले रत्ननगर–१४ का धर्मबहादुर थापाको घरबाट नगद दुई लाख चोरी गरेका थिए ।
चोरी गरेर उनीहरुले एक÷एक मोबाइल, कपडा खरिद गरेका छन् । घटनापछि काठमाडौँ, हेटौँडा घुमेर आएका उनीहरुले टाँडीमा नै पक्राउ गरिएको डीएसपी रञ्जितकारले बताए । उनीहरुको साथबाट नगद एक लाख, दुई वटा मोबाइल बरामद गरिएको छ । त्यस्तै रत्ननगरमा सटर फोडेर चोरी गर्ने भरत परियारलाई पनि पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भइरहेको डीएसपी रञ्जितकारले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment