गृह » बालबालिकाको हत्याहिंसाका घटनाप्रति भत्र्सना
समाचार समाज

बालबालिकाको हत्याहिंसाका घटनाप्रति भत्र्सना

भरतपुर । चितवनमा बढ्दै गएको बालबालिकाको हत्याहिंसाको घटनाप्रति भत्र्सना गरिएको छ । युवा समाज नेपाल नारायणगढले चितवन जिल्लामा बालबालिकाको हत्याहिंसाको घटना बढ्दै गएको ठहर गर्दै सुरक्षा व्यवस्था चुस्त पार्न अनुरोध गरेको छ ।
युवा समाज नेपालले भरतपुर ३ बाह्रघरेमा गरेको १९ औं साधारण सभामा बालबालिकामाथि हुने गरेका दुव्र्यवहारका घटनाप्रति पनि खेद प्रकट गरेको छ । युवा समाजका अध्यक्ष केशवप्रसाद रेग्मीले चितवनमा बालबालिकामाथि हिंसाजन्य घटना बढेको बताए । उनले भने, ‘चितवनको सुरक्षा व्यवस्था चुस्त बनाउन म सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।’
केही दिनअघि माडीमा दुई बालिकाको ‘रहस्यमय’ मृत्यु भएको थियो । स्थानीय समुदाय र चितवनका अधिकारकर्मी तथा महिला संघसंगठनले घटनालाई शंकास्पद भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए । घटनाको विरोधमा माडी बन्दसमेत गरिएको थियो ।
युवा समाजका कार्यकारी निर्देशक खगराज ओझाले चितवनमा पछिल्लो समय हत्याहिंसा तथा लुटपाटको घटना बढेको बताए । उनले भने, ‘सुरक्षा व्यवस्था मजबुद नभएकै कारणले भरतपुर २५ शुक्रनगरको चितहीमा लुटपाट तथा हत्याको घटना भएको हो ।’ केही दिनअघि निर्वाचनको मतगणनाको क्रममा शुक्रनगर चितहीको एक घरमा लुटपाट गरी एकजनाको गोली हानी हत्या गरिएको थियो ।
ज्ञानेन्द्र पिया सम्मानित
युवा समाजले साधारण सभामा संस्थापक सदस्य, समाजसेवी तथा रक्तदाता ज्ञानेन्द्र पियालाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष बद्रीप्रसाद अधिकारी र अध्यक्ष केशवप्रसाद रेग्मीले सम्मान गरेका थिए । कार्यक्रममा पियाले संस्था स्थापना भएको २४ वर्षपछि आफू सम्मानित हुन पाउँदा खुसी व्यक्त गरेका थिए । प्रमुख अतिथि अधिकारीले युवा समाजले हिजोका दिनदेखि योगदानको कदर गर्दै आएको बताए ।
रजत महोत्सव मनाउने
युवा समाजले आगामी वर्ष रजत महोत्सव मनाउने भएको छ । संस्था स्थापना भएको २५ औं वर्ष पुगेको उपलक्ष्यमा आगामी वर्ष रजत महोत्सव मनाउने निर्णय गरिएको संस्थाका महासचिव किशोर खनालले जानकारी दिए । खानेपानी, सरसफाइ र वातावरणको क्षेत्रमा काम गर्दै आएको युवा समाजको स्थापना २०५१ सालमा भएको थियो ।
साधारण सभामा महासचिव खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पार्वती घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यसमिति सदस्य होमनाथ घिमिरेले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा पूर्वअध्यक्ष लीलाधर पौडेल, पूर्वमहासचिव पशुपति उपाध्यायलगायतले मन्तव्य दिएका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment