गृह » ओम शान्ति टोलमा हरिकृष्ण
समाचार समाज

ओम शान्ति टोलमा हरिकृष्ण

भरतपुर । भरतपुर महानगरपालिका वडा नं. ५ तोरीखेतस्थित ओम शान्ति टोल सुधार समितिको अध्यक्षमा हरिकृष्ण रेग्मी चयन भएका छन् ।
शनिबार तोरीखेतमा भएको ११ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । आगामी तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा शारदा थापा, सचिवमा शारदा पाण्डे, सह–सचिवमा राजकुमार भुजेल र कोषाध्यक्षमा मीनबहादुर कुँवर चयन भएका छन् । यस्तै कार्यसमितिका सदस्यहरूमा बुद्धिराज पाण्डे, रनमाया अधिकारी, मीरा मल्ल र सुदिप न्यौपाने सर्वसम्मत चयन गरिएको हो ।
यस्तै शनिबार समितिले पाँच सदस्यीय सल्लाहकार समिति र तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । सल्लाहकार समितिमा हरिबहादुुर अधिकारी, जगदिश अर्याल, पूर्णबहादुर अधिकारी, रोशन शाही र हरिबहादुर कुँवरलाई चयन गरिएको समितिका अध्यक्ष हरिकृष्ण रेग्मीले जानकारी दिए । यस्तै लेखा समिति सदस्यमा एकबहादुर पाण्डे, हरिकृष्ण अधिकारी र पार्वती पाण्डेलाई चयन गरिएको उनले बताए ।
सोही अवसरमा टोल सुधार समितिले टोलमा रहेका वयोवृद्ध, समाजसेवी तथा पूर्व कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्र, दोसल्लामार्फत समितिको हरेक कार्यक्रममा अमूल्य योगदान पु¥याएको भन्दै सम्मान गरिएको समितिकी सचिव शारदा पाण्डेले जानकारी दिइन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment