गृह » भूमिका आचार्य छात्रातर्फ जिल्ला प्रथम भएको दाबी
शिक्षा समाचार समाज

भूमिका आचार्य छात्रातर्फ जिल्ला प्रथम भएको दाबी

रत्ननगर । रत्ननगरमा रहेको एकता शिशु निकेतनले शुक्रबार प्रकाशित भएको एसईई परीक्षाको नतिजामा भूमिका आचार्य जिल्ला प्रथम भएको दाबी गरेको छ ।
रत्ननगर–१० की आचार्यले जीपीए ३.९५ प्राप्त गरेको भन्दै जिल्ला प्रथम भएको दाबी गरेको हो । नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययनरत आचार्य सानैदेखिको कडा परिश्रम र मिहेनेतका कारण जिल्ला प्रथम हुन सफल भएको विद्यालयका प्राचार्य बालहरी देवकोटाले बताए ।
विद्यालयको लगनशील, अनुशासित र निकै मेहनती विद्यार्थी भएकोले उनले विद्यालयकै शीर उँचो बनाउन सफल भएको प्राचार्य देवकोटाले बताए । विद्यालयका हरेक क्रियाकलापमा सक्रिय रहँदै आएकी र पारिवारिक वातावरण पनि अत्यन्तै राम्रो भएकोले यसवर्षको एसईई परीक्षामा जिल्ला प्रथम हुन सफल भएको विद्यालय परिवारले जनाएको छ । उनी केही समयअघि मात्रै सम्पन्न भएको मिस एसईई प्रतियोगितामा पनि फस्ट रनर अप हुन सफल भएकी थिइन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment