गृह » सशान कंडेल को निर्देशनमा उकाली चडेर धाउनेछु बोलको गीतको म्युजिक भिडियो सार्बजनिक
कला

सशान कंडेल को निर्देशनमा उकाली चडेर धाउनेछु बोलको गीतको म्युजिक भिडियो सार्बजनिक

गायक सानाहाङ लिवाङ लिम्बूको पहिलो एल्बमको गीत सार्बजनिक भएको छ । निकै मीठो आवाजको धनी गायक सानाहाङको स्वर रहेको उकाली चडेर धाउनेछु बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा गायक, संगीतकार तथा एरेन्जर बिनय केटुको संगीत तथा एरेन्ज रहेको छ भने मीठो शब्द लेखेका छन् गीतकार भिमसेन कंडेलले ।
भिडियोमा छायांकन उत्सब दाहालको रहेको छ भने सम्पादन निशान घिमिरेको रहेको छ । यसै गरि यस भिडियोलाई निकै नै उत्कृष्ट तरिकाले निर्देशन गरेका छन् गायक तथा निर्देशक सशान कंडेलले ।
बाबा पुर्ण बहादुर अनि आमा दिलमायाको काइलो छोरा सानाहाङ सानै देखि गीत गाउन अनि नाच्न भने पछि हुरुक्कै हुने गर्दथे । गायक सानाहाङ आफ्नै दाजुराम कुमार लिवाङ लिम्बू अनि देब तुम्बापोको हौशलाको कारणले आज म्युजिक क्षेत्रमा होमिएको बताउछन । आफ्नै ठाउँ झापाको बिर्तामोड सन लाइट कला केन्द्रमा संगीत सिकेका गायक अहिले धेरै समय पछि आफ्नो एल्बम को साथमा आएका हुन् । हाल गायक सनाहाङ मलेसियामा छन

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment