गृह » ‘फेस अफ चितवन’ को अन्तिम प्रतिस्पर्धा
कला

‘फेस अफ चितवन’ को अन्तिम प्रतिस्पर्धा

भरतपुर । मञ्जरी ग्रुपले आयोजना गरेको फेस अफ चितवनको शनिबार अन्तिम प्रतिष्पर्धा हुँदैछ । ३४ जना युवाबाट छनोटमा परेका ६ प्रतियोगीमध्ये एकले शनिबार साँझ उपाधि पाउँदै छन् ।
१६ देखि २८ वर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको सो प्रतियोगितामा दुई जना उत्कृष्ट प्रतियोगीले अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सीधै सहभागिता जनाउन सक्नेछन् । चितवनमा भइरहेका अन्य प्रतियोगिता भन्दा फेस अफ चितवनले उत्कृष्ट चारलाई रोजगारीको व्यवस्थासमेत गर्ने आयोजक मञ्जरी ग्रुपका अध्यक्ष विशाल एच आलेले बताए ।
आवेदनमा परेका ५० भन्दा बढी युवालाई लिइएको पहिलो चरणको अडिसन र विभिन्न चरणमा भएका अन्य प्रतियोगिताको आधारमा ६ जना छनोटमा परेका कोरियोग्राफर प्रज्ञा तिवारीले बताइन् ।
प्रतियोगितामा रामनगरका २२ वर्षीय प्रवेश कँडेल, गैँडाकोटका १८ वर्षीय रोहित शेर्पाली, भरतपुरका १८ वर्षका सोनाम लामा, १९ वर्षका प्रदीप पौडेल, नारायणगढका २८ वर्षका कुशलराज राजभण्डारी र फूलवारीका १९ वर्षका सिजन गौतमले अन्तिम प्रतियोगितामा सहभागिता जनाउँदै छन् । प्रतियोगितामा अरोमा कलेज अफ फेशनको पहिरन तथा रोयल क्याप्चरको सहयोग गरेको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment