गृह » गजल
साहित्य

गजल

– प्रकृति प्रेमी
हातमा शराबको गिलास पो थमाउँछिन्
यारको स्वभाव यो खराब झन् बनाउँछिन् !१!

के कमी थियो यहाँ खुशीसँगै जिए पनि…
शिर त्यो गुराँस झैँ पलासले सजाउँछिन् !२!

खै कसो गरी पुगिन् उनी कुरीति मार्गमा…
नैनमा खाफको बतास नै चलाउँछिन् !३!

देशभित्र शान्ति छैन फुल्न दिन्न कोपिला…
बोटकै बिरूद्ध ऊ प्रवासमा पठाउँछिन् !४!

बैँस, प्यास, मातको छ यौवनी नशा त्यहाँ…
प्रेमीमा सुगन्धको मिठास पो जगाउँछिन् !५!

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment