गृह » जनप्रतिनिधिले अपराध न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए
राजनीति समाचार समाज

जनप्रतिनिधिले अपराध न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए

लोथर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका र ईन्द्र सरोबरका नव निर्वाचित जनप्रतिनिधिहरुले समाजमा हुने अपराध न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा मंगलबार भएको स्वागत तथा सम्मान कार्यक्रम र अपराध न्यूनीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले समाजमा अपराध निकै बढ्दै गएकोले अपराध न्यूनीकरणमा नव निर्वाचितहरुको ठूलो भूमिका हुने भएकाले यसतर्फ ध्यान दिएर लाग्ने बताए । सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टको सभा अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका नव निर्बाचित प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्ग गोपाली, ईन्द्र सरोबर गाउँपालिकाका प्रमुख जीवन लामा, उपप्रमुख उमा लामालगायत सम्पूर्ण वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल, निवर्तमान अध्यक्ष कुमार पौडेल, संस्थापक सचिव श्याम खतिवडा, सामुदायिक सेवा केन्द्र दामन पालुङका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक वीरेन्द्र पाशवानलगायतकाको सहभागिता रहेको थियो । अपराध न्यूनीकरणका लागि यस्ता खाले कार्यक्रम अन्य गाउँपालिकाहरुमा समेत आयोजना गर्ने सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टले बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment