गृह » चितवनका व्यवसायीले गृहमन्त्रीलाई भेटे
राजनीति समाचार समाज

चितवनका व्यवसायीले गृहमन्त्रीलाई भेटे

?

रत्ननगर । चितवनका व्यवसायी तथा नेताहरुको एक टोलीले भखैरै गृहमन्त्री बनेका जनार्दन शर्मालाई काठमाडौँ पुगेर भेट गरेका छन् ।
भेटमा नेता तथा व्यवसायीहरुले पारदर्शी प्रशासन बनाउन माग गरेका छन् । प्रचण्ड सरकारमा उर्जा मन्त्री भई लोडसेडिङ अन्त्य गर्दै उज्यालो नेपाल बनाएका शर्मालाई अब प्रशासन क्षेत्रलाई समेत उज्यालो बनाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका कालिका नगर कमिटीका नगर ईन्चार्ज रामध्वज डल्लाकोटीले मुलुका व्याप्त लुट, घूसखोरी र भष्ट्राचारीलाई तत्कालै कडा कारबाही गर्ने नीति बनाउन सुझाव दिए ।
यस्तै नेकपा माओवादी केन्द्र रत्ननगर नगर कमिटीका नगर सहसंयोजक राजु अमगाईंले माओवादीको नीति र सिद्धान्तलाई आत्मसाथ गर्दै उज्यालो प्रशासनमार्फत् मुलुकलाई चम्काउनुपर्ने बताए ।
यसैगरी राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरका अध्यक्ष पुरू खनालले यहाँ व्याप्त प्रशासनिक भष्ट्राचार नियन्त्रयण गर्दै उज्यालो प्रशासन बनाउन आग्रह गरेका थिए । उज्यालो नेपालको जन्मदाताका रुपमा परिचित शर्माले अबका दिनमा प्रशासकीय कार्यलाई जनताले महसुस गर्ने गरी सुधार गर्नुपर्नेमा खनालको जोड थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले आफू जनताको हितका सदा तप्पर रहेको बताउँदै उज्यालो प्रशासन बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment