गृह » असिल र स्नेहा लिटिल चितवन
कला

असिल र स्नेहा लिटिल चितवन

भरतपुर । यस वर्षको मिष्टर एण्ड मिस लिटिल चितवन २०१७ को उपाधि भरतपुरको असिल गौतम र स्नेहा कर्मचार्यले पाएका छन् ।
यसैगरी गंैडाकोटकी आरती सुनारले लिटिल चितवन इन्टरनेशनलको उपाधि पाएकी छन् । गंैडाकोटको रितेश शेर्पाली र हाकिमचोककी सिमोन श्रेष्ठ फष्ट रनरअप भए । सम्मान पौडेल र प्रथमा लोहनी सेकेण्ड रनरअप भएका छन् । गैंडाकोटकी सुव्ना काप्री र नारायणगढकी आनिया पिया क्रमशः तेस्रो रनरअप र चौथो रनरअप भएका छन् ।
यसैगरी श्रीया पियाले कन्जिनालिटी, वेष्ट वाक र स्माइलको सव टाइटल जितेकी छिन् । हाकिमचोककी प्रज्ञा कार्की मोष्ट डिसिपिलिन, प्रदिप्ती पौडेलले मष्ट कन्फिडेण्टको उपाधि पाएकी छन् । प्रतियोगिताकै कान्छी सहभागी मनसुन मोष्ट ट्यालेण्ट अवार्ड र उनकै परिवारले उत्कृष्ट अभिभावकको उपाधि पाएका छन् ।
भरतपुर क्षेत्रपुरमा रहेको बकैना बालवाटिका विद्यालय उत्कृष्ट विद्यालय घोषित भएको छ । एरोमा कलेज अफ फेशनको संयोजनमा आयोजना भएको प्रतियोगितामा प्रज्ञा तिवारीको कोरियोग्राफी रहेको थियो । मिसेस तिज पोखरा २०६८ रोजी श्रेष्ठ, कोरियोग्राफर रेशम न्यौपाने, युवा व्यवसायी रुविन रामुदामु, बैकर सुमिता पण्डित र मिष्टर चितवन २०१७ पवन श्रेष्ठ निर्णायक रहेका थिए ।
इप्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रममा मञ्जरी ग्रुपका अध्यक्ष विशाल एचआलेको अध्यक्षतामा भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment