गृह » चितवनमा पोखराकी कालीको अभिनय
कला

चितवनमा पोखराकी कालीको अभिनय

भरतपुर । विमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पोखराकी काली’को अहिले चितवनमा छायांकन भइरहेको छ । मायाज बारमा सँगै अभिनय गरेका निशा अधिकारी र गजित बिष्ट सात वर्षपश्चात् फेरि चलचित्र ‘पोखराकी काली’मार्फत् एकसाथ अभिनय गर्दैछन् ।
फुल कमेडी बेसमा निर्माण गरिएको यस चलचित्रमा निशा र गजितको अलवा सरोज खनाल, लय संर्गौला, सुवास गजुरेल, सुरवीर पण्डित, मनोज श्रेष्ठ, विरेन डिसी, पुष्प आचार्य, गणेश गिरी, सुशान्त श्रेष्ठ, प्रतिमा अधिकारी, प्रेम श्रेष्ठलगायतको अभिनय रहेको छ ।
रेड हाउसको ब्यानरमा निर्माण गरिएको ‘पोखराकी काली’लाई डास्पिनाकी विश्वास (अमित)ले निर्माण गरेका हुन् । चलचित्रमा सञ्चारकर्मी रवि अधिकारी कस्टिङ डाइरेक्टरको रुपमा रहेका छन् ।
चितवन आसपासमा छायांकन भएको यस चलचित्रको छायांकन ४० दिनको लाग्ने निर्देशन विमल पौडेलले जानकारी दिए ।
विपिन आचार्यको संगीत, कमल राईको नूत्य, लक्ष्मण घिमिरेको छायांकन रहने चलचित्रमा द्वन्द्व निर्देशन रवि बराली र प्रकाश कर्माचार्यको रहेको छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment