गृह » भरतपुर–१९ मा एमाले र गठबन्धनकोे सक्रियता बढ्यो
राजनीति समाचार समाज

भरतपुर–१९ मा एमाले र गठबन्धनकोे सक्रियता बढ्यो

शारदानगर । भरतपुर महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले सो वडामा पुनः मतदानमा जान गरेको निर्णय अस्वीकार गर्दै अदालत गएको एमालेले अन्तत भरतपुर १९ मा चुनावी सक्रियता बढाएको छ ।
अदालतको निर्णय आउन केही दिन बाँकी हँुदै एमाले भरतपुर–१९ ले मंगलबारबाट घरदैलो अभियान सुरू गरेको छ । तीन समूहमा सुरू गरिएको घरदैलो अभियानमा जीवन ज्योति बुथको लागी जिल्ला कमिटी सचिवालय सदस्य विष्णुहरि तिवारी, शारदा उमावि बुथको लागि जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा परिचालन विभाग इन्चार्ज प्रकाश ढुंगाना र किरणगंज मावि बुथको लागि जिल्ला कमिटी सदस्य रामजी सापकोटा को नेतृत्वमा टोली परिचालन गरिएको भरतपुर–१९ इन्चार्ज बिपुला दवाडीले बताएकी छन् ।
गठबन्धनको चुनावी अभियान सुरू
भरतपुर महानगरपालिकाको विवाद अदालत पुगेपछि पुनः चुनाव हुने कि मतगणना अन्यौल भए पनि कांग्रेस –माओवादी गठबन्धनकी मेयरकी उम्मेदवार प्रचण्डकी छोरी रेणु दाहालले वाड नम्बर १९ मा पुनः घरैदैलो अभियान सुरू गरेकी छन् ।
अदालतले केही दिन रोके पनी चितवनको वडा नं. १९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले चुनावी अभियान सुरू गरेका हुन् । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि दुबै पार्टीले संयुक्त पार्टी कार्यालय स्थापना गरेर चुनावी अभियान थालेका हुन् । पार्टी कार्यालयको साविकको शारदानगर गाविसका पूर्वअध्यक्ष कांग्रेस नेता आशबहादुर लामाले उद्घाटन गरेका थिए ।
पश्चिम चितवनको वडा नम्बर १९ थानेदार चोकमा पार्टी कार्यालय स्थापना गरेर मतदाताको घरमा वास्तविता लिएर जाने नेताहरुले बताएका छन् । राजनीतिक संकटबाट मुक्त गराउनका लागि कांग्रेस माओवादी गठबन्धन भएको नेताहरुले स्पष्ट पारे ।
सोमबार मत्र रेणु दाहालले बिहान शारदानगर टाउन, दिउँसो बखानपुर र बेलुका नवबुद्ध टोलका जनतासँग घरघरमा गएर भेटेकी थिइन् । जनतासँगको भेटमा उनीले मत च्यातिनु दुर्भाग्यपूर्ण भए पनि निकास दिनु बाध्यता भएकोले मतदानमा भागलिएर आफूलाई जिताउन अपिल गरेकी थिइन् । नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले गठबन्धनले जित्ने भएपछि एमालेले तर्सिएर आफूहरुको विरुद्धमा लागेको आरोप लगाए ।
नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मतपत्र च्यात्नेमा एमालेको दोष रहेको भन्दै निर्वाचन मतदाताबीच भ्रम सिर्जना गरेको आरोप लगाए । विगतमा भएका कमजोरी सुधार गरेर विजयी गराउन कार्यकर्तालाई आग्रह गरेका थिए ।
वडा नम्बर १९ मा नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवारलाई सहयोग गर्ने भएको छ । वडाध्यक्षसहित सदस्य पदमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सहयोग गर्ने सहमति गरेका छन् ।
गठबन्धनको तर्फबाट प्रमुख पदकी उम्मेदवार रेणु दाहाल, उपप्रमुखकी उम्मेदवार पार्वती शाहले जनतासँगै रहेर चुनावी अभियानमा सक्रिय हुने बताएका छन् । कांग्रेस माओवादीका नेतासँगै मत माग्न थालेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरूङ, माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल, नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, कांग्रेस नेताहरु चन्द्रध्वज गुरूङ, विष्णु ढकाललगायतले बोलेका थिए । भरतपुर–१९ का बासिन्दालाई व्यक्तिगत रुपमा भेट्दै उनले मतका लागि लबिङ गरिरहेकी छिन् । स्रोतका अनुसार उनी खास गरी, कांग्रेसका असन्तुष्ट स्थानीय नेताहरुलाई फकाउनैमा व्यस्त छिन् । मतपत्र च्यातिएपछि कांग्रेसकै स्थानीय कार्यकर्ताहरु माओवादीसँग आक्रोशित देखिएका छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment