गृह » कांग्रेस माओवादीको संयुक्त चुनावी कार्यक्रम
राजनीति

कांग्रेस माओवादीको संयुक्त चुनावी कार्यक्रम

भरतपुर । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका–१९ मा चुनावी अभियान सुरू गरेका छन् ।
निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेपछि दुबै पार्टीले संयुक्त पार्टी कार्यालय स्थापना गरेर चुनावी अभियान थालेका हुन् । पार्टी कार्यालयको साविकको शारदानगर गाविसका पूर्वअध्यक्ष कांग्रेस नेता आशबहादुर लामाले उद्घाटन गरेका हुन् । सोमबार थानेदार चोकमा पार्टी कार्यालय स्थापना गरेर मतदाताको घरमा वास्तविता लिएर जाने नेताहरुले बताएका छन् ।
राजनीतिक संकटबाट मुक्त गराउनका लागि कांग्रेस माओवादी गठबन्धन भएको नेताहरुले स्पष्ट पारे । मतगणनको क्रममा एमालेले बखेडा झिकेर विवाद निकालेपछि मतपत्र तानातान गर्दा च्यातिएको उनीहरुले बताए । मतपत्र च्यात्नेमा सबैभन्दा बढी दोषी एमाले रहेको आरोप कांग्रेस र माओवादीका नेताले आरोप लगाएका छन । नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले गठबन्धनले जित्ने भएपछि एमालेले तर्सिएर आफूहरुको विरुद्धमा लागेको आरोप पनि लगाए । नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले मतपत्र च्यात्नेमा एमालेको दोष रहेको भन्दै निर्वाचन मतदाता बीच भ्रम सिर्जना गरेको आरोप लगाए । विगतमा भएका कमजोरी सुधार गरेर विजयी गराउन कार्यकर्तालाई आग्रह गरेका थिए ।
वडा नम्बर १९ मा नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवारलाई सहयोग गर्ने भएको छ । वडाध्यक्षसहित सदस्य पदमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सहयोग गर्ने सहमति गरेका हुन् ।
गठबन्धनको तर्फबाट प्रमुख पदकी उम्मेदवार रेणु दाहाल, उपप्रमुखकी उम्मेदवार पार्वती शाहले जनतासँगै रहेर चुनावी अभियानमा सक्रिय हुने बताएका छन् । कांग्रेस माओवादीका नेतासँगै मत माग्न थालेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरूङ , माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल , नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी , कांग्रेस नेताहरु चन्द्रध्वज गुरुङ, विष्णु ढकाललगायतले बोलेका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment