गृह » नमूना वडा बनाउने प्रतिवद्धता 
राजनीति समाचार समाज

नमूना वडा बनाउने प्रतिवद्धता 

रत्ननगर । रत्ननगर–७ लाई नमूना वडाका रुपमा विकास गरिने नवनिर्वाचित वडाध्यक्ष लालबहादुर भट्ट ‘राजन’ले प्रतिवद्धता जनाएका छन् । जनताले आफुलाई ठुलो जिम्मेवारी सुम्पेको बताउँदै उनले वडालाई नगरकै नमूना वडाका रुपमा स्थापित गर्ने बताएका छन् ।
शनिबार बद्रहनीमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले नगरको योजना सहित वडामा पनि विकासका लहर भिœयाउन लागिपर्ने बताएका छन् । वडावासीलाई धन्यवाद दिन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागी वडाबासीले भट्टलाई जनताको मर्म अनुसार काम गर्न शुभकामना दिए ।
वडामा सडक सञ्जालको स्तरोन्नति गर्ने, पिउने पानीको व्यवस्थापन गर्ने, सिँचाई सेवा पु¥याउने जस्ता काममा आफुले नेतृत्वदायी भूमिका खेल्ने बताए ।
वडाध्यक्ष लालबहादुर भट्ट ‘राजन’को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगरका नगर सभापति रुपनराज घिमिरे, क्षेत्रीय अध्यक्ष राजु सिलवाल, महासमिति सदस्य वासुदेव ढुङ्गाना र राममणिण्खनाल, वडा नम्बर ६ का वडाध्यक्ष बलराम दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment