गृह » रत्ननगरमा एमालेको विजय उत्सव
राजनीति समाचार समाज

रत्ननगरमा एमालेको विजय उत्सव

रत्ननगर । नेकपा एमाले रत्ननगर वडा नं.९ ले स्थानीय निर्वाचनमा विजयी प्रतिनिधिहरुको लागि सोमबार विजय उत्सव मनाएको छ ।
वडा नं. ९ मा प्यानलनै जितेको वडा कमिटीले नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई निम्ता दिएर विजयी मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको हो । औपचारिक कार्यक्रममा निर्वाचनको समीक्षासमेत गरिएको थियो ।
सोही अवसरमा नवनिर्वाचित मेयर नारायण वन, उपमेयर विमला दुवाडी, वडा नं.९ का वडा अध्यक्ष रोशन आचार्य, महिला सदस्य सरस्वती लामा, सदस्यहरु कमानसिं चौधरी, गायत्री विक, मनबहादुर थापामगरलाई स्वागत तथा सम्मान गरिएको हो । सो अवसरमा मेयर नारायण वनले रत्ननगरको विकासको लागि पञ्चवर्षीय योजना बनाएर अगाडि बढ्ने बताएका थिए । उपमेयर विमला दुवाडीले रत्ननगरलाई विकास निर्माण र सुशासनयुक्त नगरपालिका बनाएरै छाड्ने बताइन् । वडा अध्यक्ष रोशन आचार्यले जनताले दिएको जनमतको कदर गर्दैै आफनो सम्पूर्ण ध्यान वडा र वडाबासीको समृद्धिको लागि केन्द्रित गर्ने बताए । कार्यक्रममा महिला सदस्य सरस्वती लामाले विकास निर्माणको हिसावले आफू वडाबासीको सारथि भएर काम गर्ने बताइन् । वडा कमिटीका अध्यक्ष कमानसिं चौधरीको अध्यक्षतामा भएको सो जिल्ला कमिटी सदस्य केपि लामिछाने, कार्यक्रममा नगर कमिटी उपसंयोजक सुशीला लामिछाने, एमाले नेता विष्णुहरि देवकोटा, नगर कमिटीका पूर्वअध्यक्ष प्रेमनाथ दुवाडीलगायतले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment