गृह » मैले जित्न लागेपछि एमालेका साथीहरु आत्तिनुभयो : रेणु दाहाल
राजनीति समाचार समाज

मैले जित्न लागेपछि एमालेका साथीहरु आत्तिनुभयो : रेणु दाहाल

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यराति भएको घटनालाई लिएर एमाले र माओवादी उम्मेदवारका भिन्नाभिन्नै प्रतिक्रिया बाहिर आएका छन् ।
माओवादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमाले उम्मदेवार देवी ज्ञवालीले आरोप लगाएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले मतान्तर घट्दै गएका बेला एमालेका कार्यकर्ताले षडयन्त्र गरेको आरोप लगाएकी छिन् ।
‘बदर मतको संख्यामा विवाद भयो र झडपजस्तै स्थिति आयो, त्यसपछि मतपत्र च्यात्ने काम भयो,’ माओवादी उम्मदेवार रेणुले अनलाइनखबरसँग भनिन्(‘मैले जित्ने अवस्था आउन थालेपछि एमालेका साथीहरु आत्तिनुभएको थियो, के गरौं कसो गरौं भनेर बाहना खोजिरहनुभएको थियो ।’
मतगणनास्थलबाट माओवादी कार्यकर्तामात्रै नभई एमालेका कार्यकर्ताहरु पनि पक्राउ परेको रेणुले बताइन् । आफूले चुनाव जित्न लागेपछि एमालेबाटै षडयन्त्र गरिएको र त्यसको दोष माओवादीलाई लगाइएको रेणुले आरोप लगाइन् ।
निर्वाचनको प्रक्रियामा आइसकेपछि हार वा जित जे भए पनि आफूले स्वीकार्ने बताउँदै उनले मतपत्र च्यात्ने माओवादीको कुनै योजना वा कारण नरहेको दाबी गरिन् । तर, आफूले जित्नै लागेका बेला हराउनका लागि एमालेबाट विवाद सिर्जना गरिएको उनको आरोप छ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment