‘मेघौली विमानस्थल सञ्चालन गर्छु’

मेघौली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द रहेको मेघौली विमानस्थल सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
मेघौलीमा रहेको साना सहरी खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेघौली विमानस्थल सञ्चालनमा ल्याउन मेरो गम्भीर ध्यान गएको छ । सञ्चालन हुन्छ भनेर तपाइँहरु ढुक्क भए हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले मेघौलीलाई देशविदेशमा पर्यटकीय क्षेत्रको रुपमा चिनाउन आफू लागिपर्ने बताए । उनले भने, ‘म मेघौलीमात्र होइन, समग्र चितवनको विकासको लागि छुट्टै छिट्टै प्याकेजको कार्यक्रम ल्याउनेछु ।’
प्रधानमन्त्री प्रचण्डले मेघौलीलगायत विभिन्न क्षेत्रमा वन्यजन्तुबाट हुने आक्रमणबाट जोगाउन तारजालीको व्यवस्था पनि गर्ने बताए । उनले नारायणगढ गोलाघाटको मोटरबाटो र गोलाघाटको पुल निर्माण गर्ने आश्वासनसमेत दिएका थिए ।
‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ’ उनले भने, ‘म यहाँबाट फर्किएलगत्तै सम्बन्धित मन्त्रालयमा यो कुरा राख्छु र तुरुन्त आदेश दिन्छु ।’
नारायणी नगरपालिका वडा नम्बर ३ बुद्धनगरमा तीन वर्षअघि निर्माण थालिएको सो खानेपानी आयोजना १७ करोड २० लाख आठ हजार रुपैयाँको लागतमा बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *