गृह » कार्यालय प्रमुख मृत फेला
समाचार समाज

कार्यालय प्रमुख मृत फेला

भरतपुर । । भूसंरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमल गौतम सोमबार साँझ भरतपुर उपमहानगरपालिका–१ रामनगरको जङ्गलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पर्वत जिल्लाको राम्जा देउराली स्थायी घर भएका ४५ वर्षीय गौतम साँझ ७ बजेतिर मृतावस्थामा फेला परेका हुन् ।
रामनगर बजारबाट करिब दुई किमी जङ्गलभित्र उनी भेटिएका थिए । शव मंगलबार बिहान परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनी छ दिनअघि विभाग जाने भनी कार्यालयबाट हिँडेका थिए । रासस

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment