गृह » ‘सहकारीले महिलाहरुको नेतृत्व क्षमताको विकास’
अर्थ समाचार समाज

‘सहकारीले महिलाहरुको नेतृत्व क्षमताको विकास’

कावासोती । सहकारी तथा गरिबी निवारण मन्त्री ह्दयराम थामीले सहकारीले महिलाको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलको बताएका छन् ।
नवलपरासीको नयाँ बेलहानी–८, अरुणखोलामा रहेको नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभामा बोल्दै मन्त्री थामीले यस्तो बताएका हुन् । उनले महिला पुरूष एक रथका दुई पांग्रा भएर अगाडि नबढेसम्म देश विकास हुन्न भन्ने भनाइलाई सहकारीले महिलालाई अगाडि बढाएर सार्थक बनाएको पनि बताए ।
त्यस्तै सहकारी मन्त्री थामी सहकारीले ६१ हजारलाई प्रत्यक्ष रोगजारी दिएको र १० लाख नागरिकले अप्रत्यक्ष रोजगारी पाएको जानकारी दिए । उनले सहकारीको समितिमा पनि आफै र व्यवस्थापकमा पनि आफै हुन नपाउने विचार राखे । उनले समितिमा आफै बस्ने व्यवस्थापक आफै बन्ने र विनियम बनाएर आफ्नो तलब आफै तोक्ने कत्तिको जायज हो भनेर प्रश्न समेत गरका थिए ।
सहकारी जग्गा प्लटिङ र ठेकेदारहरुको हुन नहुनेमा जोड दिँदै उनले सहकारीले रोगजारीको अवसर सिर्जना गर्नुपर्ने, गरिब विपन्नमा लगानी गर्नुपर्ने विचार राखे । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव मोहन वाकबल मगरले संस्थामा ११ हजार सदस्य रहेको र हालसम्म संस्थाले ८० करोड बराबरको कारोबार गरिसकेको बताए ।
सहकारी मन्त्रीसँग कावासोतीमा पनि पत्रकार सम्मेलन गरिएको थियो । त्यस्तै संकल्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दघाटको आठौ साधारणसभा मंगलबार बर्दघाटमा भएको छ । साधारणभामा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका डिभिजन सहकारी कार्यालय नवलपरासीका खुविराम पोख्रेलले सहकारीको विकासका लागि उत्पादनशील क्षेत्रमा लगानी बढाएर व्यवसायिकतामा जोड दिनुपर्ने बताए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment