प्रसौनीमा खिचरी उत्सव

कावासोती । नवलपरासीमा थारू समुदायको महान पर्व माघी ९खिचरी ० को रौनक सुरू भएको छ ।
थारु समुदायले यो पर्व माघ १ गतेदेखि ३ गतेसम्म तीन दिन धुमधामले मनाउने गर्दछन् । माघी नजिकिएसँगै नवलपरासीमा माघि विषेश कार्यक्रमहरु सरू हुन थालेका छन् । जिल्लाको प्रसौनी गाविस २ सिमरामा मंगलबारदेखि तीन दिने खिचरी उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सुरू भएको छ । युवा लायन्स कलबको आयोजना तथा आदिवासी जनजाति समन्वय समितिको सहकार्यमा उत्सव सुरू भएको हो ।
थारू संस्कृति संरक्षण, संवद्र्धन तथा प्रचारप्रसार गर्ने उदेश्यले प्रसौनी–२ सिमराको शान्ति बगैचामा सुरू भएको खिचरी उत्सवको स्थानीय उद्योगी व्यवसायी विष्णुकुमार कार्कीले उद्घाटन गरेका हुन् ।
यहि २८ गतेसम्म चल्ने उत्सवमा थारू खानाका परिकारहरु चिँचर , माछा , घोगी , भतकुनलगायतका परिकार राखिएको छ । यस्तै थारूहरुको मौलिक नृत्य जोगेडा नाच , झुमरा नाच , लाठी नाच , झमटा नाच , झर्रा नाच , मेडरी नाच समेत प्रस्तुत गरिने उत्सव संयोजक बिफल थारूले जानकारी दिए ।
यसैगरी उत्सवको मुख्य आकर्षण रुपमा थारू समुदायको झल्को दिने घर र थारू समुदायले दैनिक प्रयोग गर्ने माछा मार्ने जाली , ढुङ्गा , ढिकी , छतरी , डेहरी , ढडियालगायतका सामग्रीहरु समेत प्रदर्शनमा राखिएको छ ।
कार्यक्रम युवा लायन्स क्लबका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक विफल थारुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थारु समुदायका विभिन्न संघसंसथा संगै स्थानीय आमा समूह, समाजसेवी बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

यसैगरी खिचरी पर्वकै उपलक्ष्यमा थारू महिला सभा नवलपरासीको आयोजनामा मंगलबार विभिन्न खेलकुदका कार्यक्रम भएका छन् ।
डण्डा स्थित थारु संघ्रालयमा भएको कार्यक्रममा घैला दौड प्रतियोगिता , सियो धागो दौड, सिधा रोटी बनाउने प्रतियोगिता ,भतकुन बाड्ने प्रतियोगितालगायतका प्रतियोगिता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *