ईश्वरको दर्शन

डा मतिप्रसाद ढकाल
आँखा हुनेहरुले मात्र देख्तैनन्, आँखा नहुनेहरुले पनि देख्छन् । त्यसैले, आँखा नहुनेहरुलाई अन्धो भन्नु हाम्रै अज्ञानता हो । चर्मचक्षु हुँदैमा सबै चीज देख्न पनि सकिँदैन । संसारका हरेक प्राणीहरुमा आँखाले समान दृष्टि राख्न नसक्ने भएकाले चर्मचक्षुले पक्षपात गर्दछ । चर्मचक्षुले पक्षपात नगर्दो हो त आँखामा पट्टी बाँधेर तराजु लिएको चिह्न न्यायालयको प्रतीक बन्न सक्तैनथ्यो । तसर्थ, पक्षपातपूर्ण व्यवहार नगर्ने ज्ञानचक्षु नै चर्मचक्षुभन्दा महान् हुन पुगेको हो । हामीहरु ताते ताते गर्न नपाउँदै र राम्ररी बोली फुट्न नपाउँदै ज्ञानको मार्गमा अग्रसर त हुन्छौँ, तर ‘झन् झन् बुभ्mयो झन् कठिन’ भनेर ज्ञानी बन्न हिँडेको मार्गलाई हामीले छाडिदिन्छौँ । हामीले चर्मचक्षुले देखेको कुरामा विश्वास गर्छौं र चर्मचक्षुले देख्न नसकेका विषयलाई हामीले भ्रम वा आडम्बर ठान्न पुग्छौँ । साकारबाट निराकारको यात्रामा लम्किनुपर्नेमा हाम्रो हिँडाइ साकारमा मात्र सीमित रहिदिनाले हामीले निराकार ईश्वरको दर्शन गर्न नसकेका हौँ । हामीभित्र अनन्त शक्ति छ, तर त्यसलाई जगाउने क्षमता हामीमा छैन । त्यसका लागि हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ईश्वरीय दर्शन र प्रेरणा आवश्यक हुन्छ ।
युद्धमैदानमा होमिएका अर्जुन एकाएक युद्धबाट विमुख भएपछि उनलाई श्रीकृष्णले क्रमशः शक्ति प्रदान गर्दै आएका छन् । यसै सन्दर्भमा अर्जुनले ईश्वरको महिमावर्णन सुने पनि उनका दिव्य र अविनाशी रुपलाई प्रत्यक्ष रुपमा दर्शन गर्न नपाएका कारण उनले श्रीकृष्णसँग त्यस्तो रुप देखाइदिन अनुरोध गरेका हुन् । तदनुसार श्रीकृष्णले आप्mना सयौँ हजारौँ वर्ण र आकृतिका रुपहरुमात्र होइन, आपैmँमा विद्यमान द्वादशादित्यका पुत्रहरु, अष्टवसुहरु, एकादश रूद्रहरु, दुवै अश्विनीकुमार र उनन्पचास मरूद्गणका कहिल्यै नदेखिएका आश्चर्यमय रुपलाई हेर्न निर्देशन दिन्छन् । अर्जुनले प्राकृतिक आँखाले ईश्वरीय दर्शन गर्न नसक्ने भएकाले भगवान्ले उनलाई दिव्य अर्थात् अलौकिक आँखा प्रदान गरेका हुन् ।
अर्जुनलाई दिव्यचक्षु दिएपछि भगवान्ले आप्mनो दिव्यरुप प्रदर्शन गर्दछन्, जुन दिव्यरुपमा धेरै मुख, हात, गहना र अनेकौँ शस्त्रहरु विद्यमान थिए । हजारौँ सूर्य एकसाथ उदय हुँदा प्राप्त हुनेजस्तो दिव्य प्रकाश पनि विराट् स्वरुपमा रहेको थियो । सम्पूर्ण संसार नै श्रीकृष्णको त्यो दिव्यरुपमा समाहित भएको पो हो कि भन्ने आभास पनि अर्जुनलाई भयो । दिव्यचक्षुद्वारा अर्जुनले श्रीकृष्णको शरीरमा सम्पूर्ण देवतालाई, भूतलाई, ब्रह्मा, विष्णु, महेश्वर, सबै ऋषिहरु र सर्पहरुलाई देखे । श्रीकृष्ण अनेक हातहरु, पेट, मुख र आँखाले युक्त एवम् सबै पक्षबाट अनन्त रुपले युक्त भएको देखिए । त्यसैले, उनको न आदि न मध्य र न अन्त नै देख्न सकियो ।
श्रीकृष्ण मुकुट, गदा र चक्रले युक्त, सबैतिरबाट प्रकाशमान तेजको पुञ्ज, प्रज्वलित अग्नि र सूर्यको जस्तै प्रकाशले युक्त, कठिनपूर्वक देख्नलायक र सबैतिरबाट अप्रमेय स्वरुप देखिए । यस्तो अवस्थामा अर्जुनलाई श्रीकृष्ण नै परब्रह्म परमात्मा हुन्, जगत्का आदि कारण हुन्, सनातन धर्मका रक्षक र सनातनी पुरूष हुन् भन्ने आभास भयो । श्रीकृष्ण आदि, मध्य र अन्त्यले रहित, अनन्त पराक्रमले युक्त, अनेकौँ दाँतवाला, चन्द्र र सूर्यरुपी आँखा भएका, प्रज्वलित अग्निरुप मुख भएका र आप्mनो तेजद्वारा सम्पूर्ण संसारलाई तताइरहेका जस्ता देखिए । स्वर्ग र पृथ्वीका बीचको सम्पूर्ण आकाश तथा सबै दिशाहरु श्रीकृष्णद्वारा नै परिपूर्ण छन् अनि श्रीकृष्णको अलौकिक र उग्र रुपलाई देखेर तीनवटै लोक अत्यन्त दुःखी भएका छन् । सबै देवताहरु श्रीकृष्णमै प्रवेश गर्छन् र भयभीत भएर हात जोड्दै श्रीकृष्णकै नाम र गुण गाउँछन् भने महर्षि र सिद्ध तपस्वीहरु ‘कल्याण होस्’ भन्दै अत्यन्त उत्तम स्तोत्रहरुद्वारा श्रीकृष्णको प्रार्थना गर्दछन् ।
एकादश रूद्र, द्वादशादित्य, अष्टवसु, साध्यगण, विश्वेदेव, अश्विनीकुमार, मरूद्गण, पितृगण, गन्धर्व, यक्ष, राक्षस र सिद्ध तपस्वीहरु सबै विस्मित भएर श्रीकृष्णलाई नै हेर्दछन् । श्रीकृष्णका धेरै मुख, हात, जाँघ, गोडा, ठूलो पेट र धेरै दाह्राहरु देखेर अर्जुनसहित सबै व्याकुल हुन्छन् । आकाशलाई स्पर्श गर्ने, प्रकाशमान अनेक वर्णले युक्त, पैmलिएको मुख र देदीप्यमान ठूला ठूला आँखा भएका श्रीकृष्णलाई देखेर भित्रभित्रै डराएका अर्जुन धैर्य र शान्त हुन सकेनन् । दाह्राले गर्दा डरलाग्दो र प्रलयकालको अग्निसमान प्रज्वलित श्रीकृष्णको मुखलाई देखेर अर्जुनले दिशाहरु नै पत्ता लगाउन सकेनन् र उनी भगवान् प्रसन्न भइदिऊन् भन्ने कामना गर्न पुग्छन् ।
धृतराष्ट्रका पुत्र राजवर्गसहित श्रीकृष्णमै प्रवेश गरिरहेका छन् भने भीष्मपितामह, द्रोणाचार्य, कर्ण र पाण्डवपक्षीय प्रमुख योद्धाहरु पनि श्रीकृष्णका दाह्राका कारण वेगले दौडिएर मुखमा प्रवेश गरिराखेका र कतिपय त टुक्रिएका शिरसहित श्रीकृष्णकै दाँतका बीचमा संलग्न भएका देखिन्छन् । जसरी नदीहरुको अनन्त जलप्रवाह स्वाभाविक रुपमा समुद्रतिरै गएर समुद्रमै मिल्छ, त्यसरी नै नरलोकका वीरहरु पनि श्रीकृष्णको प्रज्वलित मुखमा प्रवेश गरिराखेका छन् । जसरी पुतलीहरु मोहवश नष्ट हुनका लागि अत्यन्त वेगले प्रज्वलित बत्ती वा अग्निमा प्रवेश गर्छन्, त्यसरी नै युद्धमैदानमा होमिएका सबै योद्धाहरु अत्यन्त छिटै श्रीकृष्णकै मुखमा प्रवेश गर्दछन् । भगवान् श्रीकृष्णको दिव्यरुपको दर्शन गर्दा सम्पूर्ण लोकलाई प्रज्वलित मुखले खाइरहेको, सबैतिरबाट बारम्बार चाटिरहेको र सम्पूर्ण जगत्लाई तताइरहेको जस्तो लाग्छ ।
श्रीकृष्णको बानीव्यहोरालाई राम्रोसँग थाहा नपाएका कारण उनलाई आपूmले विशेष रुपमा जान्न चाहेको हुँदा उनको उग्र रुपबारे अर्जुनले जिज्ञासा राख्छन् । तदनुसार श्रीकृष्णले आप्mनो दिव्यरुपको आपैmँले वर्णन गर्छन् । श्रीकृष्ण नै संसारलाई नाश गर्ने महाकाल हुन् । यतिबेला श्रीकृष्ण लोकलाई नष्ट गर्न प्रवृत्त भएका छन् । तसर्थ, प्रतिपक्षी योद्धाहरु अर्जुनविना पनि रहँदैनन्, अर्जुनले युद्ध नगरे पनि ती सबैको नाश अवश्यम्भावी छ । त्यसैले, अर्जुन उठेर युद्ध गरी यश प्राप्त गर्न र शत्रुहरुलाई परास्त गरेर राज्यभोग गर्नु श्रेयस्कर छ । किनकि युद्धमा होमिएका द्रोणाचार्य, भीष्मपितामह, जयद्रथ, कर्ण आदि सबै योद्धाहरुलाई त श्रीकष्णले पहिल्यै मारिसकेका थिए । यतिबेला त अर्जुनलाई उनले भय छाडेर निःसन्देह रुपमा जितिने युद्धमा निमित्तमात्र बन्न अनुरोध गरेका हुन् ।
श्रीकृष्णबाट प्रेरणात्मक ऊर्जा पाएपछि अर्जुनले श्रीकृष्णलाई बारम्बार नमस्कार गर्दै उनको प्रार्थना गर्दछन् । श्रीकृष्णलाई आदिदेव, सनातन पुरूष, जगत्का परमाश्रय, जान्नेवाला, जान्नयोग्य र परमधाम मान्दै उनलाई नै वायु, यमराज, अग्नि, वरूण, चन्द्रमा, ब्रह्मा र ब्रह्माका पिता पनि ठानिएको छ । उनी सर्वव्यापीमात्र होइन, सर्वरुप पनि छन् । भगवान्का विराट् र व्यापक प्रभावलाई नजानी आपूmले प्रेम र प्रमादवश साथीजस्तो ठानेर गरिएका यावत् अपराधहरुलाई क्षमा गरिदिन अर्जुनले आग्रह गरेका छन् । भगवान्को दिव्य स्वरुपका द्रष्टा अर्जुनले श्रीकृष्णलाई यस चराचर जगत्का पिता, सर्वश्रेष्ठ गुरू र पूजनीय ठानेका छन् । जसरी पिताले पुत्रको, साथीले साथीको र पतिले पत्नीको अपराध सहन गर्छन्, त्यसरी नै भगवान्ले भक्तका अपराधहरुलाई सहन सक्छन् भनी अर्जुनले आपूmलाई क्षमा प्रदान गर्न अनुरोध गरेका हुन् ।
श्रीकृष्णको कहिल्यै नदेखेको आश्चर्यमय विराट् रुपलाई देखेर अर्जुन एकातिर खुसी छन् भने अर्कातिर अत्यन्त दुःखी पनि भएका छन् । त्यसैले, श्रीकृष्णलाई आप्mनो सामान्य रुप देखाइदिन अर्जुनले आग्रह गरेका हुन् । वास्तवमा अर्जुनको आग्रहका कारण भगवान्ले आप्mनो योगशक्तिका प्रभावले गर्दा आप्mनो ज्योतिर्मय विराट् स्वरुप देखाएका हुन् । अर्जुनबाहेक अन्य कसैले पनि यसअघि यस्तो दिव्यरुपको दर्शन पाउन सकेका थिएनन् । मनुष्यलोकमा अर्जुनबाहेक यस्तो विश्वरुपको दर्शन वेद, यज्ञ, दान, कर्तव्यकर्म र उग्र तपस्याद्वारा पनि प्राप्त गर्न असम्भव छ । यस्तो विराट् रुपको दर्शन गर्दा अर्जुनजस्ता व्यक्तिमा व्याकुलता वा मूढभाव उत्पन्न हुनु सुहाउने कुरा होइन । त्यसैले, अर्जुनले श्रीकृष्णको सामान्य रुपको दर्शन गरेर धैर्य धारण गर्नु आवश्यक ठान्छन् र अन्ततः श्रीकृष्णको शान्त मनुष्य रुप देखेर शान्त हुन पुग्छन् ।
अर्जुनले श्रीकृष्णको जुन चतुर्भुज स्वरुपलाई देखे, वास्तवमा यस्तो दर्शन अत्यन्त दुर्लभ छ । किनभने, यस्तो रुपको दर्शनको आकाङ्क्षा देवताहरुले मात्र राख्तछन् । अर्जुनद्वारा देखिएको यस किसिमको चतुर्भुज स्वरुपको दर्शन वेद, तप, दान र यज्ञद्वारा पनि प्राप्त गर्न कठिन छ । परन्तु, एकीभाव वा अनन्य भक्तिभावद्वारा भने चतुर्भुजस्वरुप देख्न, त¤वद्वारा जान्न र प्रवेश गर्न सकिन्छ । जुन व्यक्ति भगवान्कै सम्पूर्ण कर्तव्य कर्म गर्छ, भगवान्कै परायण भक्त, आसक्तिरहित र सम्पूर्ण प्राणीहरुमा वैरभाव नराखी समदर्शी छ, अनन्य भक्तिले युक्त भएका त्यस्ता व्यक्तिहरु नै ईश्वरको वास्तविक दर्शन गर्न सक्षम हुन्छन् । ईश्वरको दर्शन वा प्राप्तिमात्र होइन, हरेक पक्षमा सफलता प्राप्त गर्नका लागि पनि अनन्य भक्तिभाव वा एकाग्रतापूर्वकको निष्ठाभाव अपरिहार्य हुन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *