क्षेत्र नम्बर १ को प्रतियोगिता सकियो

रत्ननगर । राष्ट्रपति रनिङ सिल्डअन्र्तगत चितवन क्षेत्र नम्बर १ को प्रतियोगिता सोमबार सकिएको छ ।
जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिबल, कबड्डी, ज्यावलिन थ्रो, रिलेदौडलगायतका खेलहरु भएका छन् । छात्र भलिबलमा वीरेन्द्र आर्दश माध्यमिक विद्यालय पहिलो तथा वह्मनगर मावि दोस्रो भयो । त्यस्तै, छात्रा भलिबलमा खैरहनी मावि प्रथम हुँदा वीरेन्द्र आर्दश मावि दोस्रो भएको प्रतियोगिताका संयोजक सुदन दराईले जानकारी दिए ।
कबड्डीमा छात्रामा खैरहनी माविनै प्रथम भयो भने डेजी इङ्ग्लिस बोडिङ दोस्रो भयो । छात्रतर्फ व्रह्मनगर मावि र कपिया मावि क्रमश प्रथम र द्वितीय भएको प्रतियोगिता संयोजक दराईले बताए । ज्यावलिन थ्रोको छात्रामा वीरेन्द्र आदर्श माविकी साबित्री पुन, खैरहनी माविकी सन्तोषी लामिछाने, कपिया माविकी सुस्मिता खत्री क्रमश पहिलो, दोस्रो र तेस्रो भए । छात्रतर्फ भने कपिया माविका विशाल लामा प्रथम, वीरेन्द्र आर्दश माविका चन्दन चौधरी दोस्रो र खैरहनी माविका विनोद लामा तेस्रो भएको दराईले जानकारी दिए । यसैगरी रिले दौडमा छात्रतर्फ वीरेन्द्र आर्दश मावि प्रथम र खैरहनी मावि दोस्रो भए भने छात्रातर्फ गवै मावि प्रथम तथा कठार मावि दोस्रो भए ।
प्रतियोगिताबाट छनौट भएकाहरुले जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । सो प्रतियोगितामा टिम प्रथम हुनेले नगद ७५ हजार र ट्रफी तथा टिम द्धितिय हुनेले नगद ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । राष्ट्रपति रनिङ सिल्डको क्षेत्र नम्बर दुईको खेल यही पुष २७ गते हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।

क्षेत्र नम्बर ४ को खेल स¥यो
रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत चितवनको क्षेत्र नम्बर ४ को खेल प्राविधिक कारणले सरेको जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ ।
सोमबार विज्ञप्ति निकालेर समितिका सचिव रामजी ढकालले माघ २ र ३ गते हुने भनिएको यस क्षेत्रको खेल माघ ९ र १० गतेका लागि सारिएको जानकारी दिएका हुन् । अन्य क्षेत्रका खेलहरु भने यथावत रहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *