नेपाललाई तेक्वान्दोमा ६ स्वर्ण

भरतपुर । दोस्रो दिल्ली अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ६ स्वर्णसहित २ रजत र १ कास्य पदक हासिल गरेको छ । प्रतियोगितामा अरुणखोला तेक्वान्दो डोजाङबाट सहभागी खेलाडीहरुमा सुमित महतो, अस्मी तामाङ, मनिष चौधरी, दुर्गाबहादुर दर्लामीमगर, विशाल दर्लामी मगर, गंगा बाह्रघरेले स्वर्ण पदक जितेका हुन् । सबिना उचाई, अन्जना सारुले रजत र लक्की रानाले कास्य पदक जितेका एके फोर्टी सेभेन तेक्वान्दो डोजाङका प्रशिक्षक अनुज श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *