गृह » ‘सुदृढ मन, सुन्दर जीवन’ : सबैको कल्याण गर्ने पुस्तक
साहित्य

‘सुदृढ मन, सुन्दर जीवन’ : सबैको कल्याण गर्ने पुस्तक

— भक्तियोगी हरिहर दवाडी
कोही लेख्नका लागि लेख्छन्, कोही देखाउनका लागि लेख्छन् त कोही विचारका लागि लेख्छन्, तर व्यावहारिक जीवन आनन्दमय शैलीमा बाँच्न र बचाउनका लागि लेख्छन् : आचार्य लक्ष्मण भण्डारी । जीवनवादी शाश्वत विचारलाई व्यवहारमा अनुवाद गर्दै आदर्श जीवनयापनमा जोड दिने स्रष्टा एवम् साधक हुन्, यी लेखक । अङ्ग्रेजी, नेपाली र संस्कृतमा समेत स्नातकोत्तर भण्डारीको विचार र व्यवहारसँगै कलमसमेत तीक्ष्ण रुपमा खारिइसकेको प्रमाण हो, उनको पछिल्लो कृति ‘सुदृढ मन, सुन्दर जीवन’ । ‘अनमोल दृष्टान्त’, ‘सनातन जीवनदर्शन’, ‘जीवनमूल्य’, ‘संसार जित्ने सूत्र’ र ‘हामी हाँसे संसार हाँस्छ’ पछि आधादर्जनको गणना पु¥याउने भण्डारीको अतीव प्रेरक कृति हो ः ‘सुदृढ मन, सुन्दर जीवन’ । छरितो, हलुका, स्पष्ट र सरल शब्दमा लिखित अनि साङ्ग्रिला बुक्सबाट प्रकाशित यो कृति दृश्यमा जति सुन्दर छ, यसभित्रको विषयवस्तु आपैmँमा अझ प्रेरक र घतलाग्दो छ ।
‘सबैको दर्शन, गीतादर्शन’को स्वकथनबाट शुभारम्भ भएको यो पुस्तकमा लेखकले संसारकै दर्शनहरुको मूलदर्शन गीताको मह¤वलाई गहन ढङ्गले प्रकाशित गरेका छन् । गीतादर्शनमा आधारित भएर जीवनजगत्सँगै जीवनशैलीलाई संयमित र सन्तुलित तवरले निर्दिष्ट गराउन प्रयासरत भण्डारी भन्छन्—“भगवद्गीता सबै धर्म, सम्प्रदाय, मूल्य, आदर्श, र स्थानविशेषको हिजो, आज र भोलि गरी सधैँको दर्र्शन हो ।” ‘सुदृढ मन, सुन्दर जीवन’देखि ‘पहिला दुःख, पछि सुख’सम्म गरी जम्मा २६ वटा शीर्षकहरुमा सङ्गृहीत यो कृतिमा मानवजीवनलगायत सम्पूर्ण प्राणीहरुको हक, हित र प्रेमवर्धनका सान्दर्भिक शीर्षकहरुमाथि गीतादर्शनको आडमा आचार्य लक्ष्मण भण्डारीले मन्त्रमुग्ध विश्लेषण र निचोड प्रस्तुत गरेका छन् । कठोर साधना, ध्यान र भक्तिबाट मात्र होइन, बोधपूर्ण सरल जीवनदर्शन र व्यवहारलाई आत्मसात् र अभ्यास गरे मात्र पनि यही जीवनमा ईश्वर दर्शन र परमानन्दको अनुभूति गर्न सकिन्छ भन्ने तर्क र यथार्थ भण्डारीको अनुभवमा रहेको छ ।
कर्म र सङ्घर्ष नै सुख प्राप्तिको सरल सूत्र बनाएका भण्डारीले गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्मयोगको युद्धमा प्रेरित गरेजस्तै गरी हरेक मानवले आफ्नो कर्म अर्थात् स्वधर्म नछोड्न सुझाएका छन् । उनकै शब्दमा— “मैदान फेरिएला, पात्र फेरिएलान्, हामीले गर्ने काम र सङ्घर्षको रुप फेरिएला, तर गर्ने त जहाँ गए पनि सङ्घर्ष नै हो, युद्ध नै हो, काम नै हो । बलियो शरीर र हातभरि सीप भएर मात्र पनि हुँदोरहेनछ, मन बलियो नहुँदासम्म हामी जीवनका कुनै पनि युद्ध लड्न सक्दारहेनछौँ । आशाको अनन्य दीपकबाट मात्र शान्ति, विश्वास र प्रेमका दीपकहरु पुनः बाल्न सकिन्छ । केवल सुदृढ मनबाट सुन्दर जीवननिर्माण नै गीताको सार हो, कृष्णको उपहार हो ।”
दोस्रो निबन्धमा हामी हरेक व्यक्ति नै अर्जुन हौँ भन्ने सत्यलाई ‘अर्जुनहरुको धर्म’ शीर्षकमा व्याख्या गर्दै जीवन अप्ठ्याराहरुसँग लड्नुको नाम हो भन्ने सत्यबाट जीवनमा कर्म अर्थात् युद्ध अनिवार्य छ भन्ने तथ्यको उद्बोधन गरेका छन्, भण्डारीले । ठाउँठाउँमा संस्कृतका श्लोकहरु उल्लेख र व्याख्या गर्दै पुस्तकमा भगवद्गीताको सूत्रात्मक निर्देशन र यथार्थलाई जस्ताको तस्तै आत्मसात् गरेका छन् । नजायते म्रियते वा कदाचित्, यदायदा हि धर्मस्य, मन एव मनुष्याणाम्, नियतम् कुरू कर्म त्वं, व्यक्त्वाकर्मफलासङ्ग आदिआदि सयौँ गीताका श्लोकहरुको सुन्दर उल्लेख र व्याख्याबाट यो कृति गीतासरह नै पठनीय र ग्रहणीय छ । ‘मर्नु र बाँच्नुको फरकमा’ निर्भय भई कर्मयोग गर्नु अनि त्यसको विपरीत अज्ञान र भयमा बाँच्नु जीवन र मृत्युका पर्याय हुन् भन्दै “संशय होइन, समर्पण” शीर्षकमार्पmत समर्पणबाट सम्पूर्ण आकर्षणको केन्द्र कृष्णको प्राप्ति र अनुभव हुने रहस्यको उद्घाटन गरिएको छ ।
“आस्तिक र नास्तिक हुनुको फरक” शीर्षकमा गीतादर्शनको सार समेटिएको छ । लेखक आफैँमा पहिला नास्तिक थिए र पछि आस्तिक भएका थिए । त्यसैले, उनले नास्तिक र आस्तिकको भेद स्वाध्ययन र स्वानुभवमा व्यक्त गरेका छन् । उनका अनुसार सिद्धान्ततः नास्तिकता ‘छैन’वाद हो भने आस्तिकता ‘छ’वाद हो । अर्को शब्दमा नास्तिकता नकारात्मक चिन्तनमय र निषेधकारी छ भने आस्तिकता सर्वस्वीकृतिमय र दिव्य छ । आस्तिकताले सबैलाई उच्च मूल्य प्रदान गर्दछ र सबैको अस्तित्वलाई हार्दिकताका साथमा स्वीकार्दछ । तर, नास्तिकता केवल आपूmलाई केन्द्रमा राखेर अर्काको अपमान गर्दै अस्वीकृत गर्दछ । ममात्र भन्नु नास्तिकता हो भने यो पनि छ, त्यो पनि छ भन्नु र मान्नु आस्तिकता हो । आचार्य लक्ष्मणका अनुसार जहाँ रचना छ, त्यसका रचयिता पनि अवश्य हुन्छन् । तिनै स्रष्टा नै परमस्रोत ईश्वर वा कृष्ण हुन् । ईश्वरको हरेक रचना ईश्वरमय र दिव्य छन् । आस्तिकको आँखाले सर्वत्र भगवद्दर्शन गर्छ । नास्तिक भने सर्वत्र विभेद, अपूर्णता र कमजोरीको मात्र दर्शन गर्छ । यसो भनौँ, आस्तिकसँग संसारको सुखभोग र अलौकिक अमरता दुवै हातमा लड्डु छ, तर नास्तिकसँग भने केवल क्षणिक अहङ्कार र नाशवान् ममता मात्र । “के फरक छ, गीता र माक्र्सको साम्यवादमा ?” यो शीर्षकमा विश्लेषक भण्डारीले माक्र्सवादी र वैदिक दुवै नजरबाट जीवन र जगत्को अध्ययन गर्दै शाश्वत साम्यवादको गहकिलो दृष्टान्त पेस गरेका छन् । माक्र्सको साम्यवादले केवल मानव मात्रको हित र समानताको तर्क गरेको छ भने वैदिक साम्यवादले वसुधैव कुटुम्बकम्को मर्मसहित मानव कल्याणलगायत समस्त स्थान र जङ्गलमा वनस्पति र पशुपक्षी तथा कीराफट्याङ्ग्राहरु समेतको नैसर्गिक जीवन रक्षा र विकासको वकालत गरेको छ । अहिंसा नै परम धर्म हो भन्ने सत्यलाई बुलन्द गरेको छ । तसर्थ, गीताको वैदिक साम्यवादले समन्यायिक शाश्वत साम्यवादको निरुपण गरेको तथ्य आचार्य भण्डारीले प्रस्तुत गरेका छन् ।
भीडमा मात्र हैन, एकान्तमा समेत संयमित साधु नै वास्तविक सन्त हो भन्ने प्रयोगवादी आदर्शलाई उल्लेख गर्दै भित्र र बाहिर एउटै आचरणमा जिउन सक्नु नै वैज्ञानिक साधुता हो भन्ने सत्यलाई अँगाल्दै “खै हामीले के पढ्यौँ ?” भन्ने शीर्षकमा विद्यालय र महाविद्यालयमा गएर पढेर प्रमाणपत्र प्राप्त गर्नुमात्र सार्थक पढाइ होइन, जीवनरुपी पुस्तक पढेर जीवनमूल्यले सजिन सक्नु नै यथार्थमा पढाइ हो, ज्ञानको साध्य त¤वज्ञान बोध गर्दै चरित्रवान् भएर बाँच्नु हो भन्ने व्यावहारिक शिक्षाको वकालत गर्दछन्, लेखक भण्डारी । वास्तविक शिक्षितका लक्षणहरु उल्लेख गर्दै ती लक्षणहरुलाई धारण गर्न प्रेरित गर्दछन्, लेखक । दम्भाचरणको अभाव, अहिंसा, क्षमाभाव, कर्कशविहीनता, विनय, शौच, स्थिरता, निरहङ्कारिता, सत्यस्मरण, आस्तिकता, भक्तियोग, एकान्तप्रियता, नित्यआत्मस्थिति आदि सम्यक् गुणहरुको धारणा नै हाम्रो शिक्षा पद्धतिका आधार हुनुपर्दछ, जुन भगवद्गीताले हजारौँ वर्षअघिदेखि सिकाएको छ । यसरी भगवद्गीता अबको शिक्षा प्रणालीमा मिश्रण गरेर पाठ्यक्रममा समावेश गर्नु अत्यन्त आवश्यक भएको यथार्थ प्रस्टिन्छ । संयमी, साहसी र क्रियाशील व्यक्तिहरुले नै जागरणको सूत्र पत्ता लगाएको दाबी गर्ने भण्डारीले ‘निष्काम कर्मयोग’ सम्भव छ भनी भोगवादीहरुलाई चुनौती दिएका छन् । जीवनको सार्थकता नै कामनाको त्याग हो र परमानन्दको स्वतः प्राप्ति । कामनाको त्यागमय निष्काम कर्मयोगबाट नै तत्काल मुक्ति मिल्छ । कर्मयोगी नै पण्डित र सिद्धपुरूष हो भनी गीताको ‘जीवनमा जाग्ने हो, भाग्ने होइन’ भन्ने मर्मलाई सर्जक भण्डारीले उद्बोधित गरेका छन् । कर्मयोगी वा भोगीलाई अनिवार्य भएकाले कर्मयोग गर्नु यो लोक र परलोक दुवैको साझा साधन भएको तथ्य गीतालाई उल्लेख गर्दै लेखकले उल्लेख गरेका छन् ।
“प्रेम भक्ति हो, आसक्ति होइन” यो शीर्षकमा स्रष्टा भण्डारीले वैदिक, पदार्थीय र सांसारिक अनि आत्मिक वा दिव्य शाश्वत प्रेमको भेद र आौचित्यलाई पुष्टि गरेका छन् । उनी लेख्छन्— “बाहिरी आवरणबाट प्रेरित प्रेम हार्दिक पनि हुन सक्दैन । शरीर देखेर प्रेम गर्न सिकेको मान्छे त सधैँ शरीरमै केन्द्रित हुन्छ । शरीर र सुन्दर छाला देख्दासम्म उसको प्रेम पनि कायम रहन्छ, छाला र गालाको फूर्ति सकिँदाको दिन उसको कथित प्रेम पनि सकिन्छ ।” भण्डारीका अनुसार प्रेम रुपमा होइन, भाव, विचार र सत्य आत्मामा केन्द्रित हुन्छ । प्रेम भनेको भक्ति, समर्पण, र सेवा हो, जुन निःस्वार्थ, निरक्षेप र त्यागपरक हुन्छ । सबैप्रति सहिष्णुता, हार्दिकता, अनासक्ति, कर्तव्यपालना र भलोभाव नै खास प्रेम हो, जुन भक्ति हो, आसक्ति होइन ।
एचभकभलत ःयmभलत ब्धबचभलभकक को सिद्धान्तमा विश्वास गर्ने आचार्य लक्ष्मण भण्डारीले “आजको सत्य, आजको काम” शीर्षकमा अहिले आफ्नो अगाडिको कर्म गर्नु नै जीवनको सबैभन्दा मह¤वपूर्ण काम हो भन्दै मह¤वाकाङ्क्षा र द्विविधाबाट जीवनरुपी अमूल्य सम्पत्तिलाई खेर जान नदिन सल्लाह दिन्छन् । “भगवान् दृश्य छन् कि अदृश्य ?” भन्ने शीर्षकमा आचार्य लक्ष्मण भण्डारीले निराकार भगवान्को साकार प्रस्तुति नै यो जीवन र जगत् भएको सत्य प्रकट गर्दै साकार र निराकार सापेक्ष र परिपूरक भएको पुष्टि गरेका छन् । विवेक, श्रद्धा, र भक्तिबाट भगवान्को प्रत्यक्ष दर्शन भइरहने सत्यको उद्घाटन भण्डारीको सरल र सटीक व्याख्यामा भइरहन्छ । गुणबाट निर्गुणतिर, भोगबाट योगतिर, भ्रमबाट बोधतिर अनि सङ्घर्षबाट शान्तितिरको यात्राको आरम्भ र गति नै भण्डारीका जीवनदर्शनका वैशिष्ट्य हुन् ।
“पवित्र भोजन, पवित्र जीवन” का पक्षपाती आचार्य लक्ष्मण भण्डारी शुद्ध शाकाहारी भोजन प्रणालीमा रम्न प्रेरित गर्छन् । सा¤िवक भोजनबाट मात्र पवित्र विचार र कार्यको आरम्भ हुन्छ भन्ने वैज्ञानिक दर्शनलाई उनको यो व्याख्याले छर्लङ्ग पारेको छ । हितभुक्, मितभुक् र रीतभुक्को सम्यक आहार—विहार प्रणालीका लागि आचार्य भण्डारी पाठकहरुलाई निर्देशित गर्दछन् । “काम त गर्ने, तर कसरी ?” भन्दै उनी रागद्वेषविहीन क्षमता र सामथ्र्यले खेप्ने कर्मयोग निरन्तर गरिरहन प्रेरित गर्दछन् । मह¤वाकाङ्क्षा र आलस्य, आडम्बर र नास्तिकता, सर्वत्याग र स्वार्थ र दुई अतिबीचको सन्तुलनलगायत शीर्षकहरुलाई माध्यम बनाएर लेखकले गीताको पृष्ठभूमिमा संयमित र शान्त जीवन जिउन भण्डारीको मनोपरामर्शदातृ पुस्तक ‘सुदृढ मन, सुन्दर जीवन’ले निश्चय नै सञ्जीवनीको काम गर्ने तथ्य निर्विवाद छ । “पहिला दुःख, पछि सुख” यो अन्तिम अध्यायमा आचार्य लक्ष्मणले जीवनको वास्तविक सङ्घर्ष र सुख शान्तिप्राप्तिका चरणहरुको जीवन्त व्याख्या गर्दै हरेक साधकहरुलाई श्रमबाट शान्ति प्राप्त गर्ने सुन्दर सूत्रहरु दिएका छन् । समग्रमा “सुदृढ मन, सुन्दर जीवन” लेखक भण्डारीको मात्रै होइन, गीतादर्शनको व्यावहारिक प्रतिनिधि भई सबैको कल्याण गर्ने जीवनदर्शन बन्न सक्षम छ । आज अनेक मनोगत समस्याहरुबाट ग्रस्त मानिसका लागि गीतादर्शनमा आधारित भई लेखकले अत्यन्त सुन्दर तरिकाले आध्यात्मिक मनोेमरामर्श प्रस्तुत गरेका छन्, प्रस्तुत पुस्तकमार्पmत । यसैले, ‘सुदृढ मन, सुन्दर जीवन’ सबैको कल्याण गर्ने पुस्तक बन्न पुगेको छ । समग्रमा प्रस्तुत पुस्तक लेख्नका लागि मात्रै लेखिएको आम पुस्तक होइन, जीवनरुपान्तरणका लागि लेखिएको एउटा पृथक् पुस्तक हो । अस्तु ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment