प्रहरीले जे गर्न पनि मिल्छ र ?

चितवन पोष्ट दैनिकको बुधबारको अंक पढेँ । सो अंक पढ्दा पहिला समाचारमा गएर म अत्यन्त स्तब्ध हुन पुगेँ । बजारमा डोको राखेर सुन्तला बेच्ने मीना ढकालमाथि पुरूष प्रहरीले जथाभावी रुपमा नीलडाम हुनेगरी पिट्नुले समाजलाई प्रहरीले के सिकाउँदै छ ? भन्ने लाग्यो । मानवअधिकारको सवालमा कसैले कसैलाई पिट्न पाइँदैन, पिटेमा सार्वजनिक अपराधको मुद्दा लाग्ने गर्दछ । तर, प्रहरीले एउटा अबोध महिलामाथि लाठी बर्साउनुलाई के भन्ने ? अहिलेको २१औँ शताब्दीमा एउटा श्रीमान्ले पनि श्रीमतीको इच्छाविना केही गर्न पाउँदैन, तर जनताको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो अमानवीय कार्य हुनुलाई यो समाजले के संज्ञा दिने ?
विगत २० वर्षदेखि मैले नारायणगढको फुटपाथ बजारलाई नियाल्दै आइरहेको छु । हरेक दिन नगरप्रहरी, प्रहरी र फुटपाथमा फलफूल बेच्नेहरुको जुहारी देख्दै आइरहेको छु । नगरप्रहरी, प्रहरीले आज आएर लखेट्छन् तर भोलि त्यहाँ सोही बेच्नेहरु नै हुन्छन् । कति महिलाहरु घरको दुई छाक टार्नका लागि त्यसरी व्यापार गरिरहेका हुन्छन् । तिनीहरुको व्यवस्थापन गर्नु राज्यको दायित्व होइन र ?
— रेशम कार्की
(माडी नगरपालिका–५, बरूवा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *