रामपुर कलेज सेमिफाइनलमा

भरतपुर । कृषि तथा वन विश्वविद्यालय रामपुर भरतपुरमा जारी चौथो क्याची एसएसपी क्रिकेट कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रामपुर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो । रामपुर कलेजले मंगलबार भरतपुरको अर्किड कलेजलाइ ८ विकेटले हराएको छ ।
विशाल चोकस्थित नौ बिघा मैदानमा टस जितेर ब्याटिङ रोजेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनायोे । उसका लागि राजेश लम्सालले १८ र सन्तोष उपाध्यायले १६ जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ रामपुरका सनम बुढाथोकीले २ विकेट लिए ।
८५ रनको सामान्य लक्ष्य पछ्याएको रामपुरले १२ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा जित निकाल्यो । रामपुरको जितमा पवन थापाले नटआउट ४६ बनाए । उनले ३८ बल खेल्दै ६ चौका हिर्काए । ‘म्यान अफ द म्याच’ घोषित रामपुरका पवन थापाले डीटीसीको मोबाइल सेट प्राप्त गरे । क्याची एजुकेशन कन्सलटेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *