गृह » प्रधानन्यायाधीशबाट मौलाकालिकाको दर्शन
फोटो समाज

प्रधानन्यायाधीशबाट मौलाकालिकाको दर्शन

गैँडाकोट । कायमुकायम प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माले शनिबार मौलाकालिकाको दर्शन गरेका छन् । कामु प्रधानन्यायाधिश शर्माले मन्दिरको दर्शनका क्रममा मन्दिरको विकासका लागि सक्दो सहयोग गर्ने बताएका छन् । आध्यात्मिक चिन्तन बोकेका शर्मा हरेक हप्ताजसो कुनै न कुनै मठमन्दिरको भ्रमण गर्दै आएका छन् ।

शर्मासहित मन्दिरमा पुनरावेदन अदालत तथा जिल्ला अदालतका न्याधिशहरुले समेत मन्दिर भ्रमण गरेका थिए । उनले मन्दिरमा पुजा आजा गर्दै दर्शनार्थीहरुसँग केही समय अन्तरक्रियासमेत गरेका छन् । उनले शान्तिको कामना गर्दै पुजा गरेको बताइएको छ । मन्दिरको दर्शनका क्रममा कामु न्यायाधिश शर्मा । फोटो विधुर

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment