गृह » डा केसी आन्दोलन साझा मुद्दा बन्दै , आज आकस्मिक बाहेकका सबै सेवा बन्द
प्रमुख समाचार फोटो स्वास्थ्य

डा केसी आन्दोलन साझा मुद्दा बन्दै , आज आकस्मिक बाहेकका सबै सेवा बन्द

दिपेन्द्र अधिकारी
भरतपुर । डा. गोविन्द केसी एक्लै अनशनरत छन् । तर, उनको पछाडि सयौं चिकित्सक र हजारौं जनता लागिरहेका छन् । डा. केसी आन्दोलनको एउटा पात्र मात्र भए पनि उनको आन्दोलनले पछिल्लो समय चिकित्सकका साथै जनताको साथ पनि पाउन थालेको छ ।
विभिन्न सांकेतिक आन्दोलन र दबाब कार्यक्रम गर्दै आएका चिकित्सकहरु आज बिहीबार एक घण्टाको लागि आकस्मिक सेवा बाहेकका सवै सेवा बन्द गर्ने तयारीमा पुगेका छन् । मानवीय संवेदनाका हिसाबले निकै महत्वपूर्ण रहेको स्वास्थ्य सेवामा समेत प्रभाव पर्ने गरी उनीहरु केसीको समर्थनमा अघि बढेका छन् । कडा आन्दोलन गर्ने ¥यालीका सहभागीहरुले टर्च, इमरजेन्सी लाइट तथा मोबाइलको फ्ल्यास बालेर सरकारको विरोध गरेका थिए ।
डाक्टर केसीको मागको समर्थन तथा उनको जीवन रक्षाको माग गर्दै चितवनमा डाक्टरहरुले बुधबार बिहान लालटिन ¥याली निकालेका छन् । मेडिकल शिक्षामा सुधारको माग गर्दै १० औँ पटक अनशन बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदासमेत सरकारले उनको माग सम्बोधन गर्न ध्यान नदिएको भन्दै ¥याली निकालेका हुन् ।
पछिल्लो पटक डा केसी अनशन बसेको १८ दिन भइसक्दा समेत सरकारले उनको मागका सम्बन्धमा वास्ता नगरी सरकारले बेवास्ता गरेको भन्दै सांकेतिक रुपमा लालटिन ¥याली गरिएको चिकित्सक संघ नेपाल चितवन शाखाका अध्यक्ष डा प्रकाश खतिवडाले बताए । ‘ सुरूमा के अनशन बसेको होला, व्यक्तिको कुरा राज्यले के सुन्ला भन्ने लाग्यो, भरतपुरमा केसी आन्दोलनमा पक्षमा भेटिएका नविन पाठकले भने, ‘साँच्चै कुरा बुझ्दै जाँदा उनको आन्दोलनले समग्र चिकित्सा क्षेत्र र आम जनताको भावना समेट्ने बुझेपछि म पनि नियमित आन्दोलनमा छु ।’
आकस्मिक बाहेकका सबै सेवा बहिस्कार, त्यस्तै रेजिडेन्ट डाक्टर्स एशोसिएसन (आरएएन) चितवनले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरी आन्दोलनमा उत्रिएका छन् । आरएएन चितवनसँग आवद्ध सम्पूर्ण डाक्टरहरुले आकस्मिक सेवामा काम गर्दा समेत विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
निरन्तर अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा पनि सरकारले उनले राखेका माग सम्बोधन गर्न ध्यान नदिएकोले बिहीबारदेखि कडारुपमा आन्दोलन गर्ने राष्ट्रिय चिकित्सक संघ नेपाल चितवन शाखाका सचिव डा भोजराज अधिकारीले बताए । डा. केसीले आफ्ना १०औँ अनशनका क्रममा चिकित्सा शिक्षामा सुधारको लागि त्रिवि उपकुलपति डा. तीर्थ खनियाँ र आइओएमका डिन डा. केपी सिंहलाई पदबाट हटाउनुपर्नेलगायतका १० बुँदे माग राख्दै आएका छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment