गृह » इन्डोनेसियामा भूकम्पबाट मृत्युहुने ४५ पुगे
विश्व

इन्डोनेसियामा भूकम्पबाट मृत्युहुने ४५ पुगे

जकार्ता । इन्डोनेसियाको आचेह प्रान्तमा गत हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको समाचारमा जनाइएको छ । सो भूकम्पबाट अरु सयौँ घाइते छन् भने केही हराइरहेका छन् । उक्त भूकम्पबाट पूर्वाधारको पनि क्षति भएको छ ।

सो भूकम्पबाट हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको छ भने अझै सातजना हराइरहेका उद्धार अधिकारीहरूले जनाएका छन् । सो भूकम्पबाट कम्तीमा पनि पाँच हजार जना विस्थापित भएका छन् । उद्धारमा खटिरेहका अधिकारीहरूले हजारौँ घरमा क्षति पुगेको र कम्तीमा पनि ३०० घर पूर्णरूपमा ध्वस्त भएको पनि बताएका छन् ।

गतहप्ता इन्डोनेसियाको आचेह प्रान्तमा ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उद्धार कार्य जारी नै रहेको र क्षतिको पूर्ण विवरण नआएको पनि समाचारमा उल्लेख छ । रासस÷सिन्ह्वा

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment