गृह » क्याट यूकेको साधारण सभा 
प्रवासको खबर समाचार समाज

क्याट यूकेको साधारण सभा 

लन्डन । युकेमा रहेका चितवनवासीहरुको साझा संस्था चितवन एड ट्रस्ट (क्याट) यूके १२ औ साधारण सभा हालै लण्डनमा सम्पन्न भएको छ ।
बेलायतको लागि कार्यबाहक नेपाली राजदुत शरद आरन प्रमुख आतिथि रहेको कार्यक्रममा उपाध्यक्ष सुनिल खड्काले सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष लोक गुरूङलगायतले संस्थाको गतिविधिबारे चर्चा गरेका थिए । उक्त साधारण सभामा महासचिव यादव श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष समिर खनालले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
यसैगरी सोही अवसरमा टीका पौडेलले संस्थाको विधान प्रस्तुत गरेका थिए । सो अवसरमा कृष्ण तिवारीले ढोडनी राप्रावि र कृष्ण गुरूङले दाहाखानी राप्राविमा क्याट युकेको सहयोगमा भएको परियोजनाहरुको बारेमा जानकारी दिएका थिए ।
संस्थाका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा चितवन घर भई बेलायतबाट विद्यालय र विश्वविद्यालयमा विभिन्न शैक्षिक तह उत्तीर्ण गरेकालाई अभिनन्दन गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
क्याट युकेले नेपालमा गत वर्ष भूकम्पमा पीडितभएकाहरुको सहयोगार्थ २३ हजार १२६ पाउण्ड संकलन गरेको थियो । क्याट युके भूकम्पपीडित राहत कोषबाट १४ लाख र अन्य स्रोतबाट तीन लाख रूपैयाँ संकलन गरी १७ लाखको लागतमा ढोडेनी राप्राविमा बिद्यालय पुनर्निर्माण गरिएको थियो ।
यसैगरी संस्थाको राहतकोषबाट १० हजार पाउण्ड र अन्य स्थानीय स्रोत परिचालन गरी २० लाख ४५ हजार रूपैंयाँको लागतमा राप्रावि दाहाखानी राप्राविको बिद्यालय पुनर्निर्माण गरिएको छ । यसैगरी संस्थाले प्रधानमन्त्री राहत कोषमा २ हजार पाउण्ड हस्तान्तरण गरेको थियो भने चितवनको मानव सेवा आश्रमलाई ५० हजार रूपैंयाँ सहयोग गरेको थियो ।
संस्थाका महासचिव यादव श्रेष्ठले भरतपुरमा रहेको आँखा अस्पतालमा आँखा बैंक सञ्चालन गर्न १० लाख रूपैंयाँ सहयोग गर्ने र चितवनको विकट क्षेत्रमा एम्बुलेन्स खरिद गर्ने योजना अनुरुप कार्यहरु भइरहेको बताएका छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment