गृह » परदेशमा नेपालीको पीडा,  हरिबहादुरले जस्तो दुःख अरुले खेप्न नपरोेस्
प्रवासको खबर समाचार समाज

परदेशमा नेपालीको पीडा,  हरिबहादुरले जस्तो दुःख अरुले खेप्न नपरोेस्

–राजेन्द्र घतानेBolero
भरतपुर । २०७२ साल असोज १९ गते सुनवल–८, नवलपरासीका हरिबहादुर गोतामे धन कमाउने ठूलो आशा लिएर काठमाडौँ नयाँ बानेश्वरमा रहेको राज ओभरसिजबाट साउदीको लागि प्रस्थान गरे ।
जुन सपना र जे कुराहरु म्यानपावरले भनेको थियो, ती कुराहरु हरिबहादुरको लागि सबै बालुवामा पानी खन्याए सरह भयो । विदेश जानुअघि म्यानपावर कम्पनीले काम सुपरमार्केटमा रहेको र कामदारले सम्पूर्ण सुविधा पाउने बताएको तर विदेश पुग्दा त्यस कम्पनीले लेवर लगेर अर्को कम्पनीलाई सप्लाई गर्ने (त्भबm तष्mभ) कम्पनी रहेछ ।
जब हरिबहादुर त्यहाँ पुगेपछि मात्र थाहा भयो, उनले काम १२ घण्टा काम गर्नुपर्ने र साप्ताहिक छुट्टीसमेत नपाइने रहेछ । तलब २÷३ महिनामा एकपटकमात्रै दिने, यहाँबाट लगेपछि उनलाई दुई महिना काममा नलगी लेवर क्याममा नै राखियो । दुर्ई महिना पछाडि एउटा रेष्टुरेन्टमा काम गर्न भनियो ।
जे जस्तो भए पनि छ महिनासम्म रेष्टुरेन्ट काम गरिरहे । अनेकन कुराहरु भएपछि उनलाई हल्का सोचाई बढी आउने, अनि काम गर्ने ठाउँमा पनि काम गरेको जस नदिने मानसिक तनाव दिनेआदि भए पनि काम गर्दै थिए । तर काम गर्ने वातावरण असहज र शारीरिक स्थितिले गर्दा उनी बिरामी भए ।
काम गर्न नसकेपछि उनले उपचारको लागि काम गर्ने ठाउँमा म्यानेजरलाई भने । तर म्यानेजरले चासो देखाएन । र, उसले कोठामा गएर बस म लिन आउँछुु भन्यो तर लिन आएन । अनि काम गर्ने ठाउँबाट पनि काम गर्न नसकेपछि तेरै कम्पनीमा जा भनेपछि हरिबहादुरलाई अझ बढी मानसिक पीडा भयो । यावत कुराको कारण उनको स्वास्थ्य कमजोर हुँदै गयो ।
उनीसँग भएको पैसाले उपचार गर्न भनी अस्पताल गए । डाक्टरको सल्लाहअनुसार उनलाई ठूलो अस्पताल जानुपर्ने भयो । तर उनीसँग अर्को अस्पताल जानको लागि रकम पर्याप्त थिएन अनि आफूसँग भएको रकमले सामान्य औषधि लिएर आए । त्यस औषधिले कुनै पनि असर नभएपछि हरिबहादुरलाई झन रोगले च्याप्यो । खानु न पिउनुसँग रुममा सुत्न थाले । यी सबै कुराहरु उनको परिवारलाई थाहा थियो ।
घरपरिवारलाई पनि ठूलो पीडा थियो । नहोस् पनि कसरी ? कमाउन गएको छोरा, श्रीमान्, बाबु जे भने पनि विदेशमा त्यस्तो परिस्थिति भएपछि परिवारको फोन आउँदा फोन पनि राम्रोसँग कुरा गर्न सक्थेनन् । यो समस्या उनलाई आठ वर्षअगाडि भएको थियो । त्यसबेला पनि डाक्टरको सल्लाहबमोजिम औषधि खाएपछि उनलाई ठीक भएको र औषधि पनि छोडेको ५ वर्ष बितिसकेको थियो ।
त्यही हस्पिटलको कागजअनुरुपको औषधि किनेर घर परिवारबाट पठाइएको थियो । त्यो औषधि राज म्यानपावरले हामी सम्बन्धित मान्छेलाई पु¥याइदिन्छौँ, तपाईंहरु चिन्ता नलिनुस्, अहिले नेपाल फिर्ता बोलाउन आठ हजार साउदी रियाल –दुई लाख पचास हजार नेपाली) लाग्छ । औषधी पछि ठीक हुन्छ भनेर पठाएको औषधि एक महिनासम्म पनि हरिको हातमा पर्न सकेको थिएन ।
एकपटक त उनी आफैँ औषधि लिन जान्छु भनी गए । तर ठाउँ पत्ता लगाउन सकेनन् 13473860_1227413040625190_139460382_n। अनि रुममा नै फर्के । उनको त्यस्तो हालत देखेर साथीहरुले औषधि ल्याइदिन्छौँ भनेर काम गर्ने ठाउँमा कुरो राख्दा म्यानेजरले जानु पर्दैन, मर्न देऊ भनेछ । अनि कोही पनि जाने आँट गरेनन् । यति भैसक्दा हरिको स्वास्थ्य स्थिति सा¥है बिग्रिसकेको थियो । उनको रुममा रहेको एकजना साथी सत्यनारायण मण्डल जसले हरिलाई सहयोग गर्दै आएका थिए ।
उनले ईश्वरी विष्टलाई खबर गरेपछि ई्रश्वरी विष्ट अर्को कम्पनीमा काम गर्ने व्यक्ति झापा जिल्ला विर्तामोड घर भई साउदीको जिद्दास्थित काम गर्ने र साउदी एनआरएनमा आवद्ध उनले जब यो कुरा थाहा पाए, त्यसपछि कोठामा पुगी हेर्दा उनले आÇनो मन बुझाउन नसक्ने स्थिति देखेपछि नेपालबाट पठाएको औषधि उनले आÇनै खर्च लगाई ल्याएर हरिबहादुरलाई खुवाएपछि हल्का सुधार भयो । त्यसपछि उनले एनआरएनका अध्यक्ष भीम गुरुड्डसँग पनि हरिबहादुरको बारेमा सबै वृतान्त सुनाए । दुवै जनाको सल्लाहअनुरुप ईश्वरी विष्टले आÇनो अनुकुल मिलाई नेपाली दूतावासमा गएर सबै कुराहरु सुनाए ।
त्यसपछि दुतावासका कन्सुलेट अफिसर रेवती रमणले हुन्छ यो कम्पनीबाट पहिला पनि यस्तो केसहरु आएको थियो हामी कुरा गर्छौ, नभए फेरि पछि जाउँला भने । तर कम्पनीले एकहप्तासम्म दूतावासको फोन पनि उठाएन । फोनको कुनै प्रतिक्रिया नभएपछि फेरि अर्को हप्ता ईश्वरी विष्ट आफैँ दुतावास गएर अरु दुई जना दुतावासका कर्मचारीसहित कम्पनीमा गए । यो बेलासम्म हरिलाई काम गर्ने ठाउँबाट पुरानो जुन कम्पनीले सुरूमा लगेको थियो, सोही कम्पनीमा फिर्ता ल्याइएको थियो ।
त्यहाँ बिरामी आउनेको संख्या धेरै थियो । र, सबै बिरामीको गुनासो एउटै थियो– हामी नेपाल कसरी फर्कने ? कम्पनीको लेवर क्याममा कोही पनि अपरिचित मान्छेलाई भित्र जान र भित्रको मान्छेलाई बाहिर आउन मनाही थियो । यस्तो भएको हुनाले ईश्वरी विष्टलगायत अरु तीनजना सीधा अफिस गएर कुरा राख्दा एचआर म्यानेजरले हरिको बारेमा नचिनेको कुरा गरे ।
कम्पनीको सम्पूर्ण प्रमाण जो हरिसँग सम्बन्ध थियो सबै देखाएपछि हरिलाई अफिसमा बोलाइयो । र, कुराकानीपश्चात् नेपाल पठाउने कुरामा आश्वासन दिइयो । एकहप्तासम्म नेपाल नपठाएपछि फेरि कम्पनीसँग कुरा गरियो । त्यसपछि तेस्रोहप्तापछि मात्र बल्लतल्ल हरि बहादुरलाई नेपाल पठाइयो ।
यसरी हरिबहादुरलाई भगवान्रुपी मानिसहरुको सहायताले दुतावासद्वारा नेपाल झिकाउन सफल भए । नेपाल फर्केपछि हरिबहादुरलाई शिक्षण अस्पतालमा लगेर उनको परिवारले उपचार गराए । र, पुनः सामान्य अवस्थामा ल्याए । हरिबहादुर निको भएपछि उनीसँग बुझ्दा त्यस ठाउँमा दुःख पाउने नेपालीको संख्या धेरै रहेछ ।
हरिबहादुरजस्तै अर्का नेपाली पनि त्यसरी नै कम्पनीको बेवास्ताले गर्दा अर्धनग्न अवस्थामा रातमा भागेको र बेपत्ता भएको थियो । हरिबहादुरसँग नेपाल फर्कंदा पनि तीनजना कोही मानसिक त कोही शारीरिक बिरामीहरु फर्केका थिए । यसरी नेपालीलाई पशुसरह बेच्ने नेपाली सम्पूर्ण दलाल कम्पनीहरुलाई सरकारको नजर पुगोस् ।
हरिबहादुरले भोगेको सम्पूर्ण पीडाहरुको दोष नेपालस्थित राज मेनपावरलाई जान्छ । यस्ता धेरै राज मेनपावरहरु नेपालमा छन् । दलाल मेनपावरहरुबाट कोही पनि नछलिऊन् । हरिबहादुरले सात महिनासम्म यस्तो दुःख खेप्नुपरेको र अहिले नेपाल फर्केपछि उनको स्वास्थ्यमा सुधार भएको छ । अझै पनि औषधिकै सहारामा छन् ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment