गृह » चीनको बाढी पहिरोमा मृत्यु हुने वा हराउने दुईसय नाघे
विश्व

चीनको बाढी पहिरोमा मृत्यु हुने वा हराउने दुईसय नाघे

सिचुवान (चीन), २८ असार । मनसुनी वर्षासँगै चीनमा आएको बाढी र पहिरोमा परी शुक्रबारसम्म मृत्यु हुने वा हराउने नागरिकको सङ्ख्या २०० नाघेको समाचारमा जनाइएको छ ।  हालैका दिनमा चीनमा आएको सो बाढी र पहिरोमा परी दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तमा शुक्रबार पनि मनसुनी वर्षा रोकिएको छैन ।

 

सो प्रान्तमा २०० भन्दा बढी नागरिक मारिएका वा हराइरहेका चिनियाँ अधिकारीहरूले जनाएका छन् । हजारौँ नागरिक त्यहाँबाट विस्थापित भएका पनि समाचारमा जनाइएको छ । शुक्रबारसम्म सिचुवान प्रान्तमा आएको भारी वर्षा र पाहिरोमा परी ३७ जनाको ज्यान गएको छ भने अरु १६० भन्दा बढी हराइरहेका छन् । त्यसैगरी थप केही नागरिक पहिरोमा पुरिएको पनि समाचारमा जनाइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको जानकारी अनुसार सो बाढी र पहिरोका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको जनाएको छ ।   गत जनवरीमा पनि युनान प्रान्तमा गएको पहिरोमा परी ४६ व्यक्तिको मृत्यु भएको थियो । चीनमा जारी मनसुनी वर्षाका कारण हालका दिनहरूमा भारी वर्षाको प्रकोपले सताइरहेको छ ।  शुक्रबार पनि प्राकृतिक प्रकोपबाट मारिने क्रम जारी नै रहेको बताइएको छ । त्यसको पछिल्लो हताहतिको समाचार भने आएको छैन ।

मनसुनी सक्रियताका कारण चीनमा बाढी पहिरो जारी रहेको समाचारमा जनाइएको छ । बुधबार मात्र पहिरोबाट एक हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको थियो । रासस/एएफपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment