गृह » आप्रावासन दिवस मनाइने
प्रवासको खबर समाचार समाज

आप्रावासन दिवस मनाइने

नवलपरासी । अन्तर्राष्ट्रिय आप्रावासन कामदार दिवस नवलपरासीमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ ।
वैदेशिक रोजगारीमा जानेहरुका लागि परामर्श दिने गरी खोलिएको सुरक्षित आप्रावासन परियोजना कावासोतीले सोमबार पत्रकार सम्मेलन गरी आप्रावासन दिवस साताव्यापी रुपमा मनाउने जनाएको छ । जसअन्र्तगत सोमबार गंैडाकोटदेखि दुम्किबाससम्म मोटरसाइकल ¥याली गरिएको छ ।
‘कुनै न कुनै सीप सिकेर, अभिमुखीकरण र श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जाऔं’, भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय आप्रावासन कामदार दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १८ का दिन यो दिवस मनाइने गरिन्छ । पत्रकार सम्मेलनमा सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि निःशुल्क जान पाउने व्यवस्था गरे पनि वैदेशिक रोजगार कम्पनीहरुले खाडी मुलुकमा ८० हजारदेखि डेढ लाखसम्म लिने गरेको सामग्री परियोजना सञ्चालित संस्था हिमालयन सामुदायिक विकास मञ्चका सुरवीर स्थापितले बताए । वैदेशिक रोजगारीमा जाने सूचीमा नवलपरासी नेपालकै छैटौं जिल्लामा पर्दछ ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment