भरतपुरमा गणेशमानको सम्झना

भरतपुर । नेपाली कांग्रेस भरतपुर– १२ वडा समितिले शनिबार २०४६ सालको जनआन्दोलनका सर्वाेच्च कमाण्डर गणेशमान सिंहलाई सम्झिएको छ ।
१८ औं स्मृति दिवसको अवसरमा वडा पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेर स्व. सिंहको सम्झना गरेको हो । भरतपुर– १२ का सभापति अर्नुनप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री सावित्री वोगटी, चितवन क्षेत्र नम्बर ३ का सभापति प्रमोदकुमार श्रेष्ठ, कांग्रेस जिल्ला सदस्य रामशरण कुँवर र शालिग्राम शर्मा पौडेललगायतले मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *