गृह » ‘नागरिक समाजको सहयोग भए शान्तिसुरक्षा’: प्रहरी प्रमुख प्रधुम्न कार्की
समाचार समाज

‘नागरिक समाजको सहयोग भए शान्तिसुरक्षा’: प्रहरी प्रमुख प्रधुम्न कार्की

रत्ननगर । चितवनका प्रहरी प्रमुख प्रधुम्न कार्कीले स्थानीय नागरिक समाजको सहयोग भए शान्तिसुरक्षा कायम गर्न कुनै कठिनाइ नहुने बताउनु भएको छ । शान्ति सुरक्षा कायम गर्ने सवालमा कोही कसैसँग सम्झौता हुन नसक्ने बताउँदै उहाँले सुरक्षा सम्बन्धी कुनै समस्या देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नु भयो । प्रत्यक्ष, अप्रत्यक्ष र गोप्य सूचना पाए सुरक्षा कायम गर्न आफै खटिने उहाँले प्रतिबद्धता जनाउनु भएको थियो ।

रत्ननगर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रधुम्न कार्की र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा कार्कीले चितवनको गुण्डागर्दी, लागूऔषध दुव्र्यसनी चितवनको प्रमुख समस्या देखिएकाले यसको न्युनीकरणका लागि काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

संघका अध्यक्ष दिपककुमार कर्माचार्यले स्वागत मन्तव्य राख्दै सिसिटिभी संचालन, प्रहरी युनिटको पुर्वाधार निर्माणका लागि सहयोग गर्न सकिने बताउनुभयो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्व अध्यक्ष गोपाल कर्माचार्य, निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलगायतले  शान्तिसुरक्षा कायम गर्न जुझारु भएर लाग्न आग्रह गर्नुभएको थियो ।

यस्तै संघका उपाध्यक्ष शंकर गिरी, सदस्य रघु भट्ट,  सलि अहमद शेख, द्रोण लामिछाने लगायतले ट्राफिक प्रहरीको जनशक्ति र पूर्वाधार विकाश गर्नुपर्ने, ग्रामीण क्षेत्रमा प्रहरी बिट निर्माण गर्नुपर्ने, सिमानामा निगरानी बढाउनु पर्नेमा जोड दिनु भएको थियो । संघका अध्यक्ष दीपककुमार कर्माचार्यको अध्यक्षता तथा महासचिव देवेन्द्रकुमार श्रेष्ठको संचालनमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विशुरालले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment