जिफन्टमा वीरेन्द्रकुमार

नारायणगढ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) माउण्ट एभरेष्ट बु्रअरी कमिटीको नवौ अधिवेशनले वीरेन्द्रकुमार गुरूङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लुमबाहादुर थापा, सचिवमा मधु ज्ञवाली, सहसचिवमा दिवाकर पौडेल, कोषाध्यक्षमा श्रीराम चौधरी, महिला सदस्यमा इन्द्रकुमारी मगर तथा सदस्यहरु लीलाधर रिजाल, कृष्णदेव ढुंगेल, धनराज गुरूङ, रतनकुमार श्रेष्ठ र सीताराम पुडासैनी छन् । जिफन्ट प्रतिनिधिमा भने सूर्यप्रसाद पौडेल र टीका सुवेदीलाई अधिवेशनले छनोट गरेको छ ।
ट्रेड युनियन नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष अमृतलाल श्रेष्ठ प्रमुख अतिथिको रुपमा उपस्थित कार्यक्रममा जिफन्ट राष्ट्रिय प्रशिक्षक कृष्ण फुयाँल, जिफन्ट चितवनका सचिव धनबाहादुर सुनारलगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *