गृह » धान्याचलको आय–व्यय सार्वजनिक
अर्थ समाचार समाज

धान्याचलको आय–व्यय सार्वजनिक

भरतपुर । श्रीमद रामानुज वेद विद्याश्रम गैंडाकोटले २०७० माघ २१ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको भागवत सप्ताह ज्ञान महायज्ञ तथा पितृयोग एवम् धनधान्याचल ज्ञान महायज्ञ कार्यक्रमको सोमबार आय व्यय सार्वजनिक गरेको छ ।
महायज्ञबाट सो समितिले १ करोड ९० लाख आर्थिक संकलन गर्ने लक्ष्य लिए पनि १ करोड १४ लाख ४८ हजार १ सय ८९ रूपैंया संकलन गरेको छ भने ५० लाख १८ हजार ३०० रूपैयाँ खर्च भएको सोमबार पत्रकार सम्मेलन
गरी जानकारी गराइएको छ ।
जसमा २३ लाख ७२ हजार ४ सय ४८ रूपैंया उठाउन बाँकी रहेको महायज्ञका संयोजक उमाशंकर अग्रवालले जानकारी दिनुभयो ।
श्रीमद रामानुज वेद विद्याश्रम भवन निर्माण समितिले विद्यालय भवन निर्माणको लागि ६६ लाख ४५ हजार  २९३ रूपैयाँ ९६ पैसा खर्च भएको श्रीमद रामानुज वेद विद्याश्रम भवन निर्माण समितिका सचिव जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो ।
ज्ञान महायज्ञ सञ्चालनको लागि श्रीमद रामानुज वेद विद्याश्रम गैंडाकोट, जियर शैक्षिक संस्था नेपाल काठमाडौं र श्री वैष्णव परिषद् नेपालको आयोजनामा भागवत सप्ताह ज्ञान महायज्ञ तथा पितृयोग एवम् धनधान्याचल ज्ञान महायज्ञ गरिएको थियो । महायज्ञमा डाक्टर पुरूषोत्तम नेपालले कथा बाचन गर्नु भएको थियो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment