‘संसद बाहिरका दललाई नचिढाऊ’

अन‌ि यो पनि

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलको निषेधको राजनीतिले संसद बाहिर र भित्र रहेका दलहरुलाई चिढाउन नहुने बताउनुभएको छ ।
राप्रपा नेपाल मकवानपुरद्वारा आयोजित क्षेत्र नं. १ को क्षेत्रीय भेलाको बुधबार हटिया गाविसमा उद्घाटन गर्दै उहाँले संसद बाहिर रहेका दलहरुलाई चिढाए नयाँ संविधान नबन्ने सम्भावना रहन्छ भन्नुभयो । सरकारले सरकार बाहिर रहेका दलहरुसँग संवाद, सहमति एवम् सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टी नयाँ संविधान जारी गर्न इमान्दारीपूर्वक लाग्ने उहाँको भनाइ थियो ।
भेलामा १६ गाविसका पार्टी इकाइ अध्यक्ष, सचिव, क्षेत्रीय कार्यसमितिका करिब २२४ जना प्रतिनिधिको सहभागिता रहेको रप्रपा नेपाल मकवानपुरले जनाएको छ । रासस

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया