ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बाआमा जेलमा, छोरा हिरासतमा

by चितवन पोष्ट
२०७० चैत्र १२, बुधबार ०१:१३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र अधिकारी

भरतपुर । शक्तिखोर गाविस वडा ५ बस्ने अमृता प्रजा र उनको श्रीमान् वीरबहादुर प्रजा अहिले भरतपुर कारागारमा रहेका छन् । झण्डै ३ वर्षको कैद भुक्तान गरेपछि २०६७ भदौमा अमृता छुटिन् । तत्कालीन समयमा उनलाई खाग किनबेचमा संलग्न भएको आरोपमा वन कार्यालयको आदेशले ३ वर्षको कैद सजाय सुनाएको थियो । त्यसको केही समयपछि उनको श्रीमान् वीरबहादुर पनि यसै मुद्दामा जेल चलान भए । वीरबहादुरलाई ५ वर्षअघि १५ वर्ष कैद र १ लाख जरिबानाको फैसला सुनाइयो ।
श्रीमान् १५ वर्ष कैद सजाय भोगिरहेको अवस्थामा झण्डै ३ वर्ष जेल बसेर छुटेकी अमृता गत माघ २६ गते पुनः पक्राउ परिन् । उनीमाथि फेरि पनि गैंडा मारी खाग बेचबिखनको अभियोग लगाइएको छ । निकुञ्जमा एउटै शीर्षकमा २ फरक मुद्दा उनीमाथि लागेको छ ।
पूर्पक्षका लागि अमृता अहिले भरतपुर कारागारमा छिन् । जहाँ उनको श्रीमान् वीरबहादुर ५ वर्षदेखि १५ वर्षको कैद भुक्तान गर्न बसिरहेका छन् । बाबुआमा नै गैंडा शिकार तथा खाग बिक्रीको अभियोगमा जेलजीवन बिताइरहँदा उनीहरुको छोरा तारा प्रजा गत ७ गते चितवन प्रहरीबाट पक्राउ परे ।
एक थान पेस्तोलसहित पक्राउ परेका तारालाई डाँका मुद्दा र हातहतियार मुद्दा चलाइएको छ । उनीमाथि डाँकासम्बन्धी दुइवटा घटना गराएको अभियोग प्रहरीले लगाएको छ । उनी अहिले चितवन प्रहरीको हिरासतमा छन् । यस्तो अभियोग पुष्टि भएमा डाँका मुद्दामा बिगो बराबरको जरिबाना र अधिकतम् १२ वर्षसम्म कैद सजाय हुन्छ । त्यस्तै, हातहतियार खरखजना मुद्दामा १ लाख रूपैयाँसम्म जरिबाना र ५ वर्षसम्म कैद सजाय हुन्छ । अभियोग पुष्टि भएमा ताराको भेट बाआमासँग अब भरतपुर कारागारमा हुनेछ ।
गत फागुन २८ गते बेलुकी दारेचोक गाबिस वडा नं.९ फिस्लिङस्थित मुग्लिन–काठमाडौँ सडकखण्डमा पेस्तोल देखाई बहुमूल्य धनमाल लुटपाट गरेको अभियोग तारामाथि लागेको छ । लुटिएको धनमालमा सुनको सिक्री, औठी, चुरा, मोबाइल सेट र क्यामेरासमेत रहेको प्रहरीले जनाएको छ ।  भनपा १० हिमालीपथ बस्ने २८ वर्षीय दीपकचन्द्र थापा र सोही ठाउँ बस्ने २२ वर्षीय जनक श्रेष्ठको निर्देशनमा शक्तिखोर गाविस वडा नं. ५ नयाँ टाँडी बस्ने वर्ष २३ को तारा चेपाङ भनिने वीरमान सिङ प्रजाले घरेलु बनावटको पेस्तोल नाल १ र गोली २ राउण्ड पर्सा जिल्लाको वीरगन्जबाट दस हजार रूपैैयाँमा किनेर ल्याएको प्रहरीको भनाइ छ ।
२८ गते साँझ पाँच बजेको समयमा जिल्ला चितवन भरतपुर नगरपालिका वडा नंं. १० स्थित एलाइभ अस्पताल भरतपुर (बिएण्डबिको शाखा अस्पताल) को चिया पसलमा दीपकचन्द्र थापा, वीरमान सिङ प्रजा, गोरे चेपाङ र रूपन गिरी बसी बेलुका मुग्लिनतर्फ गई सानो सवारी साधन लुटपाट गर्नुपर्छ भन्ने योजना बनाइ गएको प्रहरीले जनाएको छ ।
योजनाकारको निर्देशनमा तारा प्रजाले चलाएको ग ४ प ६७६० नम्बरको एफजेड मोटरसाइकलमा रूपन गिरी र गोरे तामाङले चलाएको ना १९ प ६२८९ नम्वरको पल्सर मोटरसाइकलमा संगम गुरूङ बसी गई मुग्लिनबाट पिछा गर्दै फिस्लिङमा पुगी बा ११ च ६९२ नं.को कारलाई रोकी तारा चेपाङ्गले पेस्तोल देखाई सुनका गरगहना र मोबाइलसमेत लुटपाट गरी घटनास्थलबाट फरार भई सोही राति भरतपुर आइबसेको प्रहरीले जनाएको छ ।
त्यस्तै, चैत ५ गते कविलास गाविस वडा नं.४ केराबारी स्थित नारायणगढ–मुग्लिन सडकखण्डमा भारतीय टाटा सफारी गाडीलाई जबरजस्ती रोकी पेस्तोल देखाइ गाडीमा भएका मानिसहरुको सुनको गहना, मोबाइल तथा नगद लुटी लगेको तारा चेपाङमाथि अर्को अभियोग पनि लागेको छ ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In