भरतपुर । यस वर्षको प्रवेशिका परीक्षा अन्तर्गत मंगलबार भएको सामाजिक विषयको परीक्षामा जिल्लामा २६७ जना विद्यार्थी अनुपस्थित भएका छन् । जसमध्ये १०३ छात्र र १६४ जना छात्रा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।
यसरी अनुपस्थित रहेका विद्यार्थी मध्ये नियमित तर्फ छात्र ९ र छात्रा १५ जना गरी २४ जना रहेका छन् । त्यस्तै एक्जाम्टेडतर्फ छात्र ९४ र छात्रा १४९ जना अनुपस्थित रहेको शर्माले जानकारी दिए ।
Discussion about this post