टिकौली । रत्ननगर नगरपालिका वडा नं ७ का ४२ वर्षीय पतिराम दराई जरायोको मासुसहित पक्राउ परेका छन् । प्रस्तावित क्षेत्रीय रङ्गशाला टिकौलीबाट दराईलाई गएराति प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । टिकौली जङ्गलमा जरायो मारेर भागबन्डा गरी मासु लैजाने तयारीमा रहेका दराईलाई जरायोको टाउको सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
घटनामा संलग्न अन्य भने फरार रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदारनाथ पन्तले पक्राउ परेका दराईलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाउने तयारी भएको बताउनुभयो ।
Discussion about this post