ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

माडीमा खुल्यो माछाको ह्याचरी

by चितवन पोष्ट
२०७० चैत्र १२, बुधबार ०१:०३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

माडी  । दक्षिण चितवनको माडी उपत्यकामा माछाको पहिलो ह्याचरी फार्म खुलेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोगमा स्थानीय माछा व्यवसायी मनिराम चौधरीले ह्याचरी फार्म निर्माण गर्नुभएको हो ।
माडी क्षेत्र चितवन जिल्लामै माछाको पकेट क्षेत्र मानिन्छ । भरतपुर सदरमुकामबाट ४० किलोमिटर दक्षिणमा पर्ने यो क्षेत्रमा अन्य क्षेत्रबाट माछाका भुरा ल्याउँदा विभिन्न समस्या आउने गरेकाले माडीलाई नै केन्द्रित गरेर ह्याचरी निर्माण गरिएको चौधरीले बताउनुभयो ।
अहिलेसम्म सो क्षेत्रका स्थानीय ७० किलोमिटर टाढा पर्ने चितवनको भण्डाराबाट माछाका भुरा ल्याएर पाल्दै आएका थिए । माछा ह्याचिङको तयारी भएको उहाँले बताउनुभयो । माडी उपत्यकामा चार गाविस छन् । सो क्षेत्रमा डेढ सय हेक्टरभन्दा बढीमा माछापालन गरिँदै आएको स्थानीय दिनेश अधिकारीले बताउनुभयो ।
माडीको गोपालनगर नेपालमै माछापालनका लागि उत्कृष्ट छ । माडीमा पहिलो खोलिएको ह्याचरी फार्ममा कृषि कार्यालयले रु एक लाख सहयोग गरेको कार्यालयकी प्राविधिक सहायक सन्तकुमारी खनालले बताउनुभयो । चौधरीले करिब २० लागको लागतमा फार्म बनाउने योजना रहेको बताउनुभयो । वार्षिक एक अर्ब माछाका भुरा उत्पादन गर्ने योजना उहाँको छ ।
उहाँले अहिले माछाका भुरा उत्पादन गर्ने १८ क्विन्टल माउ रहेको समेत बताउनुभयो । यसअघि उहाँले जिल्लाबाट ह्याच गरेर ल्याएको माछाका भुरा पालेर बिक्री गर्दै आउनुभएको थियो । चितवनमा पछिल्ला वर्षहरूमा माछा पाल्ने कृषकको सङ्ख्या बढ्न थालेपछि नेपाल सरकारले समेत आवश्यक अनुदान दिएर माछापालनका लागि क्षेत्र विस्तारको कार्यक्रम सुरु गरेको छ ।
चितवनमा यो वर्ष माछापालनका लागि ४० हेक्टर क्षेत्रफल विस्तार गरिएको कार्यालयले जनाएको छ । यो वर्ष रु ४० लाख बजेट क्षेत्र विस्तारका लागि जिल्लामा आएको छ । यहाँको पिप्ले, माडीका विभिन्न गाविस, कुमरोज, रत्ननगर, दिव्यनगर, पटिहानीलगायत गाविसमा यो वर्ष क्षेत्र विस्तार गरिएको छ ।
जिल्लामा अहिले करिब ३०० हेक्टरमा माछापालन भइरहेको छ । जिल्लामा जिउँदो माछाको खुद्रा बिक्रीसमेत सुरु भएको छ । रासस

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In