ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सरकार गतिशील बन

by चितवन पोष्ट
२०७० चैत्र १२, बुधबार ०१:०० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गठबन्धन सरकारको सुस्तताका कारण सहमतिका मुख्य बुँदा कार्यान्वयन हुन सकेको छैन । संविधानसभाको पहिलो बैठक बसेको दुई महिना भइसक्दासमेत काम अघि बढ्न नसक्नु ठूलो विडम्बना हो । संविधानसभा निर्वाचनपछि प्रमुख दलले ६ महिनाभित्र मस्यौदा तयार गरी एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता कागजमै सीमित भइरहेको छ । सात बुँदे सहमतिमध्ये सुशील कोइरालालाई प्रधानमन्त्रीमा र सुवास नेम्वाङलाई संविधानसभा अध्यक्षमा निर्वाचित गर्नेबाहेक अन्य बुँदा कार्यान्वयन हुन सकेको छैन । यस्तै, प्रमुख तीन दल र मधेसवादीबीच भएको चार बुँदे सहमति पनि कागजमै सीमित भइरहेको छ । सरकारको कामकारबाही र सुस्तताबारे सरकारको नेतृत्व गर्ने दल कांग्रेसभित्रै तीव्र असन्तुष्टि देखिएको छ भने एमालेले चर्को आलोचना गरिरहेको छ ।
मन्त्रिपरिषद्ले अझैसम्म २६ सभासद्लाई मनोनीत गरी संविधानसभालाई पूर्णता दिन सकेको छैन । संविधानसभा र व्यवस्थापिका संसद्को विभिन्न समिति पनि गठन हुन सकेका छैनन् । सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरे पनि नीति तथा कार्यक्रमका लागि उल्लेख्य प्रगति गर्न सकेको छैन । राजनीतिक घटनाक्रमको विकास जुन गतिमा हुनुपर्ने हो, त्यो पटक्कै हुन सकेको छैन । राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन गर्नका लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने सहमति गरे पनि त्यसका लागि प्रयास नै भएको छैन । दलहरुले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गर्ने प्रतिबद्धता जनाएका थिए । संविधानसभाको स्वामित्व लिन विभिन्न समितिहरु गठन गर्न चुकिरहेका छन् । उसो त, डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
मन्त्रिपरिषद्मा शान्ति, रक्षा, वाणिज्य, विज्ञान, प्रविधि तथा वातावरण, गरिबी निवारण, सहकारी र महिला, बालबालिकालगायत मन्त्री नियुक्त हुन सकेको छैन । सरकारका आठ निकायहरु सचिवविहीन अवस्थामा छन् । सरकारले नयाँ आर्थिक वर्षको बजेटको तयारीमा लागिसक्दा समेत योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सकेको छैन । यस्तै, सर्वोच्च अदालतसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी रिक्त छन् । यसले गर्दा न्याय निरुपणमा ढिलाइ हुनुका साथै सयौँ मुद्दा प्रभावित भइरहेका छन् । प्रधानन्यायाधीश नियुक्तिको अन्योलले गर्दा सर्वोच्चमा न्यायाधीशको पदपूर्ति पनि अनिश्चित हुन गएको छ । मानवअधिकार आयोग पदाधिकारीविहीन भएर कामकाज ठप्प भइरहेको छ ।
सरकारले बेपत्तासम्बन्धी छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग यथाशीघ्र गठन गर्ने प्रतिबद्धता गरे पनि त्यो पनि कागजमै सीमित बनेको छ । विभिन्न देशसँग कूटनीतिक सम्बन्ध विस्तारका लागि सेतुको काम गर्ने राजदूतसमेत भटाभट खाली भइरहेका छन् । तर, सरकारले राजदूत नियुक्तिको गृहकार्य सुरू गर्न सकेको छैन । सरकारले साढे चार महिनादेखि रिक्त सात एआईजीलाई बढुवा गर्नेतर्फ पनि पहलकदमी गरेको छैन । यस्ता अनगिन्ती कामहरुको सूची लामो भइसक्दा पनि सरकार ढिलासुस्तीमै अल्झिरहेको छ । सरकारले गरेका विगतका प्रतिबद्धता र विभिन्न निकायमा पदपूर्ति गर्नुपर्ने कामलाई गति दिन राजनीतिक दलहरुसँग समन्वय गर्न ढिलाइ गर्नुहुँदैन ।

Related Posts

Chitwan Post

शिक्षकको ‘अनैतिक’ कुकृत्य

Chitwan Post

आगलागी नियन्त्रण चुनौतीपूर्ण बन्दै

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

Discussion about this post

अन‌ि यो पनि

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)
प्रमुख समाचार

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)

भरतपुर । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार भरतपुर कारागारमा पुगी आफ्ना दाई वीरजंगसँग भेटघाट गरेका छन् । छोरा प्रकाशसँगै...

Read more
ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

कोभिड–१९ बाट भारतमा १ लाख ५४ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्त्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In