भरतपुर । दारेचोक ९ फिस्लिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको सनाखत भएको छ ।
दुर्घटनामा चालक र सहचालकसहित पाँच जनाको सनाखत भएको प्रहरीले बताएको छ । चालक मकवानपुर बसामाडी बस्ने वर्ष ४० का राजु घिसिङ, सहचालक मोरङ इटाहरा ३ का ३९ वर्षीय गोविन्द खत्री, धनकुटा जिल्लाको तेतुका ६ बस्ने वर्ष ४६ कि नासुकी लिम्बु, संखुवासभा खलाङ ८ बस्ने ५३ वर्षीय दुर्गा तामाङ र धनुकटा नगरपालिका २ बस्ने वर्ष ४५ की निर्मला राईको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मध्ये ९ जना उपचारपछि फर्किएको र १० जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । काठमाडौंँबाट धनुकटा हिलेको लागि छुटेको ना ४ ख ५८२९ नं. को बस आइतबार राति ८ बजे त्रिशुली नदी किनारमा खसेको थियो ।
Discussion about this post