ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रत्ननगर उवासंघको अधिवेशन उद्घाटन, प्रतिबद्धताले मात्र बन्दैन संविधान’

by चितवन पोष्ट
२०७० चैत्र ११, मंगलवार ०२:५७ गते
in अर्थ, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
रत्ननगर । उद्योगमन्त्री कर्णबहादुर थापाले एक वर्षमा संविधान निर्माणको लागि प्रतिबद्धता होइन काम गर्न आवश्यक रहेको बताउनुभएको छ । ‘प्रतिबद्धताले मात्र संविधान बन्दैन’ उहाँले भन्नुभयो, ‘एक वर्षमा संविधान बनाउन काम गर्नुपर्छ ।’
नेताहरुमा काम नगर्ने र प्रतिबद्धतामात्र गर्ने प्रवृृति बढ्दै गए फेरि पनि संविधान नबन्ने उहाँले बताउनुभयो । रत्ननगर उद्योग वाणिज्य संघको १५ औं साधरणसभा तथा अधिवेशनको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले देश आर्थिक समृद्धितर्फ उन्मुख भएको भन्दै यसलाई बचाई राख्न वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले हरेक नागरिकलाई रोजगारी सृजना गर्न देशलाई व्यवसायीकरण गर्नुपर्ने बताउनुभयो । मुलुकको समृद्धिको लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ । देश बनाउन उद्यमशीलता आवश्यक रहेको बताउँदै उद्यमशीलता विकासको लागि उद्योग कलकारखानाको वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
विगतका दिनहरुमा लगानीमैत्री वातावरण नभएका कारण निजीक्षेत्रले अपेक्षाकृत सफलता नपाएको भन्दै उहाँले राज्यको अर्थतन्त्रसँग जोडिएको औद्योगिक क्षेत्रको विकासको लागि नीतिगत त्रुटिहरुलाई सच्याउन सरकार तयार रहेको बताउनुभयो । मुलक समृद्धि हुन रोजगारीको सृजना गर्नुपर्ने भन्दै उहाँले स्वदेशमै उद्योगधन्दा खेलेर त्यसतर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष दीपक कुमार कर्माचार्यले पूर्वीचितवनको विकासको लागि राज्यले स्पष्ट नीतिका साथ कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशी, मध्यमाचल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरूण सुमार्गी, संघका सल्लाहकार कृष्णलाल पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलियालगायतले बोल्नुभएको थियो ।
साधारणसभाको बन्द सत्रमा देवेन्द्रकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष यदुकृष्ण भट्टले आर्थिक प्रतिवेदन तथा वाणिज्यतर्फका उपाध्यक्ष राजाराम रेग्मीले कार्यसमितिको तर्फबाट कार्ययोजनासहितको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
तीनै जनाले प्रस्तुत गरेका प्रतिवेदनहरु साधारणसभाको बन्द सत्रले पारित गरेको  संघका अध्यक्ष दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो । संघका अध्यक्ष दीपककुमार कर्माचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विसुरालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिसुराल–घिमिरेबीच कडा प्रतिष्पर्धा 
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आज मंगलबार मतदान हुँदैछ ।
बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । संघको अध्यक्षका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर विसुराल र रत्ननगरका अब्बल व्यवसायी उमेश घिमिरेबीच प्रतिष्पर्धा हुँदैछ ।
विसुराल एमाले–एमाओवादीनिकटका व्यवसायीहरुको प्यानल र घिमिरे कांग्रेस–वैध माओवादी निकटका व्यवसायीहरुको प्यानलबाट उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका उद्योग तर्फका उपाध्यक्ष शंकर गिरी र अनिलकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हँुदैछ ।
उद्योगतर्फको उपाध्यक्षमा गोपिकृष्ण श्रेष्ठ र विनोद पोखरेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । वाणिज्यतर्फको उपाध्यक्षमा वर्तमान कार्यसमितिमा पनि वाणिज्यतर्फको उपाध्यक्ष रहेका राजाराम रेग्मी र व्यवसायी उमेश गिरीबीच प्रतिष्पर्धा हुने पक्का भइसकेको छ ।
वाणिज्यतर्फको उपाध्यक्षमा राप्रपा नेपालनिकटका मुधपकुमार भट्टराईको उम्मेदवारी परेको भएपनि उनले उम्मेदवारी फिर्ता लिएका छन । महासचिवमा वर्तमान कार्यसमितिमा महासचिवसमेत रहेका देवेन्द्रकुमार श्रेष्ठ, पुष्पराज जोशी र प्रकाशमान श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । कोषाध्यक्षमा वर्तमान कार्यसमितिका सदस्य भीमनारायण श्रेष्ठ र राममणि थपलिया उम्मेदवार परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै, वस्तुगत सदस्यको कोटामा ईश्वरीप्रसाद अर्याल र यमनाथ आचार्यको उम्मेदवारी परेको छ । सदस्यमा उद्योगतर्फ शिवलाल श्रेष्ठ, देवीप्रसाद डल्लाकोटी, निराजन खनाल, गोबिन्दप्रसाद खनाल, सीताराम कुमाल, निरञ्जन थापा, विष्णुप्रसाद ओझा, उमेशकुमार बिष्टको उम्मेदवारी परेको छ ।
यस्तै, वाणिज्यतर्फ शिव अर्याल, लक्ष्मीप्रसाद पाठक, उपेन्द्र शर्मा आचार्य, रामशरण नेपाल, लालुप्रसाद दाहाल, जनिअहमद शेख, उत्तम घिमिरे, यमन भुषाल, बुद्धराम जोशी, सोहेन्द्र खरेल, माधवप्रसाद पौडेल, तेजबहादुर विष्ट, सुरेन्द्रकुमार श्रेष्ठ, सीताराम भट्टराई, कबिन घिमिरे, टीकाप्रसाद कँडेल र स्वतन्त्रबाट चन्द्रकान्त ओझाको उम्मेद्वारी परेको छ । प्रतिनिधिपत्र दर्ता गराएका १४ सय १५ जना सदस्यले मतदान गर्ने उहाँले जानकारी दिनुभयो ।

Related Posts

Chitwan Post

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा

Auto Draft

लक्ष्मीलाई स्मार्ट फोन उपहार

Chitwan Post

भरतपुर जनसेवा साकोसको तालिम

Discussion about this post

अन‌ि यो पनि

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान
समाज

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

भरतपुर । सारथि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिकोत्सवका अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका...

Read more
दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

कोभिड–१९ बाट भारतमा १ लाख ५४ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा दुई नेपालीको निधन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In