भरतपुर । पीपलचोक टोल विकास संस्थाको ११ औँ साधारण सभा संस्थाका अध्यक्ष प्रेमशर्मा पाठकको अध्यक्षता एवम् नगरस्तरीय टोल विकास समन्वय समिति भनपा–६ का संयोजक पुष्करनाथ न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सरिता सापकोटाले स्वागत तथा कल्याण थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष रमा खनाल, लेखा संयोजक कल्याण थापा र संस्थाकी ज्येष्ठ सदस्य डिलकुमारी पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष रमा खनाल, नारायण पौडेल, सरस्वती श्रेष्ठ, दुर्गाप्रसाद गैरे, नारायणदत्त चापागाईं, ईन्दिरा जमरकट्टेल, देवीप्रसाद कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Discussion about this post