वातावरणमैत्री झोला वितरण

अन‌ि यो पनि

भरतपुर । रोट्¥याक्ट क्लब अफ भरतपुरले भरतपुर नगरपालिकाभित्र प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु प्रयोगमा न्यूनीकरण गर्न वातावरणमैत्री झोला वितरण गरेको छ । क्लबले भरतपुरको आँपटारीमा रहेको स्मल हेभन मोडल स्कुलका विद्यार्थीलाई झोला वितरण गरेको  हो  ।
चितवनमा बढ्दै गएको प्रदूÈणको मुख्य कारण प्लाष्टिकजन्य वस्तुको प्रयोग भएकाले जनचेतना अभिवृद्धि गर्न झोला वितरण गरिएको कार्यक्रम संयोजक जयन्ती ज्ञवालीले जानाकारी दिनुभयो । उहाँले समाजमा सकरात्मक सन्देश दिनका लागि विद्यालयबाट यो अभियान सुरूवात गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै स्माल हेभन मोडल स्कुलका सहायक प्राचार्य मधुविलास पौडेलले रोट्¥याक्ट क्लब अफ भरतपुरले सुरू गरेको प्लाष्टिक प्रतिबन्ध अभियान सकारात्मक भएको बताउनुभयो । कार्यक्रममा करिव ५०० थान वातावरणमैत्री झोला निःशुल्क वितरण गरिएको थियो  । क्लबले  प्लाष्टिक झोला मानव स्वास्थ्य र वातावरणका लागिसमेत हानिकारक रहेकाले त्यसको सट्टा वैकल्पिक झोला प्रयोगका लागि  विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा रोट्¥याक्ट क्लब अफ भरतपुरका कृष्ण आचार्य, विष्णुकान्त काफ्ले, गणेश लामिछाने, प्रसन्न नेपाल कुशलराज राजभण्डारी, प्रकाश शाहीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष प्रविन अर्यालको अध्यक्षता र रोटरी क्लब भरतपुरका अध्यक्ष पूर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया