ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनमै दुर्लभ शल्यक्रिया

by चितवन पोष्ट
२०७० चैत्र १०, सोमबार ०२:३३ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चिकित्सा विज्ञानमा दुर्लभ र जटिल मानिने छुट्टिएका अङ्ग पुनः जडान गरिने शल्यक्रिया चितवनमा नै सम्भव भएको छ । नारायणगढस्थित एक फर्निचरमा काठ काट्ने मेसिन चलाउने क्रममा भरतपुर–२ क्षेत्रपुरका मोहन थापाको शरीरबाट पूर्ण रुपमा छिनेको बायाँ हात शल्यक्रियापश्चात् पुनः जोडिएको छ । छुट्टिएका अङ्ग पुनः जोडिने शल्यक्रिया सफल भएको उपत्यकाबाहिर नै सम्भवत पहिलो मानिएको छ । चितवन मेडिकल कलेज (सिएमसी)मा शुक्रबार चिकित्सकहरुको टोलीले चार घन्टाको लामो शल्यक्रियाबाट थापाको हात जोडेको थियो । त्रिवि शिक्षण अस्पतालमा एक दशकअघि नेपालमा पहिलो पटक प्लास्टिक सर्जन डा. ईश्वर लोहनीको टोलीले यस्तै प्रकृतिको शल्यक्रिया गरेको थियो । डा. लोहनीको नेतृत्वमा दुवै हात जोड्नेसहित आधा दर्जन जटिल शल्यक्रिया भने सफल भइसकेको छ ।
चिकित्सकहरुका अनुसार शरीरको कुनै पनि अङ्ग छुट्टिएको ६ घन्टाभित्र अस्पताल पु¥याए अरु असामान्य जटिलता नभएमा जोड्न सकिन्छ । त्यसका लागि छुट्टिएको अङ्गलाई नभिज्ने गरी बरफमा राखेर जोगाउनुपर्छ । सूक्ष्म शल्यक्रियाबाट गरिने यस्तो जटिल शल्यक्रिया सफलताका लागि सर्जरीबाहेक अन्य धेरै कुरामा भर पर्ने सर्जनहरुको भनाइ छ । इमर्जेन्सी उपचार एनेस्थेसियाको चुस्त व्यवस्था र चुस्त नर्सिङ सेवाबिना यस्तो सर्जरी सफल हुन नसक्ने बताइएको छ । त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक ११ वर्षअघि एउटा हात शल्यक्रियाबाट जोडिएको थियो । यस्तै तीन वर्षअघि चुँडिएका दुवै हातको सफल शल्यक्रिया भएको थियो । काटिएर छुट्टिएको अङ्ग जोडिएर सुधार आएपछि लामो समय फिजियोथेरापी आवश्यक पर्ने र त्यसपछि पुरानै अवस्थामा जोडिएका अङ्गले काम गर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
चिकित्सा विज्ञानमा दुर्लभ र जटिल मानिने शल्यक्रिया चितवनमा नै सम्भव हुनु सबै चितवनवासीका लागि हर्षको विषय हो । यसअघि चितवनमा छिनेको हात जोड्न सम्भव नहुने भन्दै चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल लैजान रिफर गर्दै आएका थिए । शिक्षण अस्पतालपछि चितवन मेडिकल कलेजमा अर्थोपेडिक सर्जन डा. सुरेश पाण्डेसहितको टोलीले हात छिनेर अस्पताल पु¥याएको डेढ घन्टापछि थापाको तत्काल शल्यक्रिया थालेको थियो । टोलीमा प्लाष्टिक सर्जन डा. बुद्धिराज अधिकारी, अर्थोपेडिक्स सर्जन डा. ज्योति श्रेष्ठ, एनेस्थेसिया डा. गोपेन्द्रप्रसाद देव, डा. भारती शर्मा र डा. सुरेन्द्र न्यौपाने सरिक थिए । सफल शल्यक्रियापछि थापा सिएमसी शिक्षण अस्पतालको आइसीयुमा स्वास्थ्य लाभ गरिरहेका छन् । राजधानी बाहिर यस्तो प्रकृतिको जटिल शल्यक्रिया सम्पन्न भएकोमा सर्वसाधारणहरुमा खुसीको सञ्चार गराएको छ । यस्तो दुर्लभ र जटिल शल्यक्रिया सम्पन्न भएपछि चितवनलाई मेडिकल सिटीको अवधारणामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related Posts

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Chitwan Post

पत्रकार महासंघको नयाँ नेतृत्वबाट अपेक्षा

Chitwan Post

जनआन्दोलन दिवसले दिएको सन्देश

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा तीन दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In