सामुदायिक वन क्षेत्रमा पर्यटन विकासका सम्भावना

अन‌ि यो पनि

जैविक विविधताका हिसाबले संसारमै धनी देशहरुमध्ये नेपाल पनि पर्दछ । नेपालको भौगोलिक विविधतामा १ सय १८ प्रकारको पारिस्थितिक प्रणालीभित्र ३५ थरीका वन र २ सय ४८ थरीका रैथाने वनस्पतिहरु पाइने तथ्याङ्क छ । नेपालको प्राकृतिक सम्पदाको विश्वमा नै चर्चा हुने गरेको भए पनि पर्यापर्यटनमा नेपाल सरकारले वन क्षेत्र खासै समेट्न सकेको छैन । नेपालमा कृषि र जलविद्युत्सँगै पर्यटन क्षेत्रले देशको आर्थिक विकासमा टेवा पु¥याउँदै आएको छ । अर्थतन्त्रको दिगो स्रोत मानिएको आन्तरिक पर्यटनको प्रवद्र्धनले पछिल्लो समय आशा जागृत हुँदै गएको छ । नेपालमा वन क्षेत्रको अवलोकनका लागि धेरै पर्यटकहरु आउने गरेको भए पनि आवश्यक पूर्वाधारको कमीका कारण वन क्षेत्रका पर्यटकहरु वृद्धि हुन सकिरहेका छैनन् ।

जैविक विविधताको दृष्टिकोणले मह¤वपूर्ण मानिने वन क्षेत्रमा पर्यटन विकासका लागि केही पहलहरु भइरहेको भए पनि त्यो पर्याप्त भने छैन । मुखले पर्यटन प्रवद्र्धनमा सामुदायिक वन क्षेत्र अपरिहार्य रहेको भनिने गरिए पनि प्रयोगमा भने न्यून देखिन्छ । पछिल्लो समयमा सामुदायिक वन उपभोक्ता समूहहरुले पर्यापर्यटनका सवालहरु उठाउने गरेका छन् । प्राकृतिकदेखि सांस्कृतिक, ऐतिहासिक तथा पुराता¤िवक सम्पदाहरुको भण्डारका रुपमा रहेको नेपालमा धेरै सम्भावना भएका पर्यटकीय गन्तव्य ओझेलमा छन् ।

पछिल्लो समय पर्यटन प्रवद्र्धनमा केही सामुदायिक वन उदाहरण पनि बनेका छन् । चितवनकै खैरहनी नगरपालिकाअन्तर्गत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनले वार्षिक दुई लाख पर्यटक भिœयाएर दुई करोड रूपैयाँ आम्दानी गर्न सफल भएको छ । हात्ती सयर, जिप सफारी, डुङ्गा सयरजस्ता सुविधा प्रदान गरेर सो वन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कुमरोज वनमा सफारी गर्नु अनिवार्यजस्तै बनेको छ । गत एक वर्षमा १ लाख ९२ हजार पर्यटकले भ्रमण गरेबाट पर्यटन पूर्वाधार हुने हो भने सामुदायिक वन पनि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्दोरहेछ भन्ने दृष्टान्त सो वनले प्रस्तुत गरेको छ ।

वनमा चराचुरूङ्गी अवलोकन, जंगल घुम्ने, गाडामा चढ्ने, पैदलयात्रा गर्ने, हात्ती र जिप सफारीलगायतका सुविधाका कारण सामुदायिक वनले राम्रो आम्दानीसमेत गरेका छन् । तर पनि धेरै सम्भावना बोकेका सामुदायिक वन प्रचारप्रसार र भौतिक पूर्वाधारको असुविधाका कारण पर्यटकीय रोजाइबाट वञ्चित भएका छन् ।

पर्यटकको रोजाइमा सामुदायिक वन क्षेत्र बनाउन सके स्थानीयस्तरमै थप रोजगारीका अवसर, स्थानीय जीवनस्तरमा सुधार र सामुदायिक वनको संरक्षण, संवद्र्धन र दिगोपना पक्का छ । देशभर छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुराता¤िवक सम्पदाहरुको स्थानीय निकाय, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागितामा संरक्षण, संवद्र्धन र दिगो व्यवस्थापन गरी पर्यटन बजारबाट अत्यधिक लाभ लिनसक्ने क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।

साथै, नेपालमा पाहुनालाई गरिने आतिथ्यतामा पनि सामुदायिक वनको विशेष भूमिका हुने गर्छ । विशेषगरी, ग्रामीण भूभागमा गरिने सत्कारका शैली र स्थानीयको न्यानो आतिथ्यताले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । सामुदायिक वन अवलोकन गर्न आउने पर्यटकहरुका लागि सामुदायिक वन उपभोक्ता समितिले पर्यटकको स्वागतसत्कारमा विशेष ध्यान पु¥याउन सक्छन्, तसर्थ पर्यटकीय गन्तव्यका रुपमा सामुदायिक वन पनि समेटिनु आजको आवश्यकता देखिन्छ ।

सामुदायिक वन नेपालको एउटा मौलिक आविष्कार र पहिचान हो । संसारभरि वन संरक्षण र संवद्र्धनमा सरकार र राज्यपक्ष असफल भइरहेको सन्दर्भमा नेपालको वन विनाशलाई रोक्न प्राकृतिक विपत्लाई न्यूनीकरण गर्न र स्थानीय समुदायलाई आवश्यक पर्ने घाँस, दाउरा, काठ र वनपैदावरको सहज आपूर्ति व्यवस्थापन गर्नका लागि नेपालबाट सामुदायिक वन पद्धतिको आविष्कार गरी सुरूवात गरिएको हो ।

नेपालको जनसंख्याको आधा जनसंख्या सामुदायिक वनमा आबद्ध रहेको छ भने यही सामुदायिक वन संरक्षण पद्धतिका लागि विश्वमा नमुनाका रुपमा स्थापित भएको छ । सामुदायिक वनकै कारणले वनको क्षेत्रफलमा वृद्धि भएको छ । सामुदायिक वन पद्धतिका कारणले वनको संरक्षण र क्षेत्र विस्तार मात्र भएको छैन, यसका माध्यमबाट स्थानीयरुपमा काठ, दाउरा, घाँस आदि वनपैदावारको आधारभूतरुपमा आवश्यकता पूरा गर्न मद्दत गरेको छ भने सामुदायिक वन शासनपद्धतिका कारण समुदायमा समावेशी नेतृत्वको समेत विकास भएको छ ।

सामुदायिक सुशासन पद्धति नेपालका अन्य क्षेत्रहरुमा समेत विस्तारित भएको छ । सामुदायिक वन अभ्यास पद्धतिले कानुनी हैसियतसमेत प्राप्त गरिसकेको छ । कुनै बेला गाउँबस्तीबाट सुरू भएको सामुदायिक वन पद्धति वन ऐनमा समेटिँदै हाल स्थानीय सरकार सञ्चालन ऐनमा समेटिएको छ । कुनै बेला नेपालको पहिलो सामुदायिक वन सिंहदरबारमा बस्ने मन्त्रिपरिषद्को बैठकबाट घोषणा गरिएको थियो । यो सामुदायिक वन पद्धति नेपालमा मात्र नभएर संसारभरि नै विस्तारित र विकसित भएको छ । नेपाल सामुदायिक वनको संख्या झन्डै बीस हजारभन्दा बढी रहेको छ । सामुदायिक वनले ओगटेको वनको क्षेत्रफल अठार लाख हेक्टरको हाराहारीमा रहेको छ ।

अब सामुदायिक वनको गठन हस्तान्तरण र व्यवस्थापन स्थानीय सरकारबाटै गरिने नयाँ कानुनी व्यवस्था भइसकेको छ । अब सामुदायिक वनहरु स्थानीय ऐन कानुनबाट सञ्चालन हुने भएकाले नेपालका सामुदायिक वनहरुले कर्मचारीतन्त्रको तजबिज कार्य र परिपत्रबाट मुक्ति पाएका छन् । अब नेपालका सामुदायिक वन उपभोक्ता समूहहरु अझ बढी बलिया, संगठित, सशक्त र प्रभावकारी हुने विश्वास लिइएको छ । यसले सामुदायिक वनको मर्म र पद्धतिलाई थप विकास गर्ने निश्चित छ । सामुदायिक वन उपभोक्ता समूहहरुलाई स्वतन्त्र, स्वायत्त र संगठितरुपमा अविच्छिन्न सञ्चालन गर्नका लागि स्थानीय सरकारहरुले मद्दत गर्नुपर्दछ । सामुदायिक वनहरु आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तबाट विचलन भएमा सामुदायिक वन उपभोक्ता समूहहरुलाई सचेत गराउँदै सही बाटोमा हिँडाउनका लागि स्थानीय सरकारहरुले मह¤वपूर्ण भूमिकासमेत निर्वाह गर्नुपर्छ ।

वातावरणको संवेदनशीलतालाई बुझ्ने र वातावरणमैत्री क्रियाकलापहरु मात्र सञ्चालन गराउन सक्ने पर्यटक पथप्रदर्शकहरुको अभाव, संरक्षण क्षेत्रवरिपरि बसोवास गर्ने स्थानीय बासिन्दाहरुको संरक्षण क्षेत्रप्रति रहँदै आएको नकारात्मक धारणा वा अपनत्वको भावना नहुनु, संरक्षण क्षेत्रहरुमा संरक्षण गर्ने कार्यमा स्थानीय निकायहरुको न्यून सहभागिता हुनु, संरक्षण क्षेत्रहरुमा रहेका वनस्पति तथा जन्तुहरुको प्रभावकारी संरक्षण गर्न चाहिने आवश्यक जनशक्ति, श्रोत, साधन र प्रविधिको नयाँ–नयाँ खोज नगर्नु, संरक्षण क्षेत्रहरुको प्रभावकारी संरक्षण, पर्यटन विकास तथा विस्तारका लागि आवश्यक पर्ने दीर्घकालीन नीति तथा योजनाहरुको अभाव, संरक्षण क्षेत्रहरुमा अनावश्यक तथा पहुँचवाला व्यक्तिहरुले मात्र होटल सञ्चालन संरक्षण गर्न पाउने अवस्थाको सिर्जना हुनु, संरक्षण क्षेत्रहरुमा पर्यटकहरुले सञ्चालन गर्ने संरक्षण क्षेत्र आचारसंहिताबाहेकका अवैध क्रियाकलापहरु, संरक्षण क्षेत्रहरुको प्रभावकारी संरक्षणका लागि गर्नुपर्ने जनपरिचालन र संरक्षण अभियानहरुको कमी आदि जस्ता कारणहरुले गर्दा प्राकृतिकरुपमा रहेका पर्यटकीय क्षेत्रहरु र धार्मिक क्षेत्रहरुमा सम्यस्याहरु आउने गर्दछन् ।

अहिलेसम्म १८ हजार ९ सय साठी सामुदायिक वन उपभोक्ता समूहहरु गठन भई झन्डै १८ लाख हेक्टर राष्ट्रिय वनलाई सामुदायिक वनको रुपमा व्यवस्थापन भइरहेको छ । सामुदायिक वनको प्रतिनिधिमूलक संस्था फेकोफन स्थापना भएको पनि २ दशक नाघिसकेको छ । सामुदायिक वनको संख्या वृद्धिसँगै यसका उपलब्धि तथा चुनौती पनि रहेका छन् । खासगरी वन संरक्षण, सामुदायिक विकास, सामुदायिक परिचालन, सामुदायिक नेतृत्व विकासलाई यसका उपलब्धिको रुपमा हेरिने गरिन्छ ।

सामुदायिक वनको दृष्टिकोणलाई फरक आँखाले हेर्नु आवश्यक छ । वन हरियाली भयो, राष्ट्रिय वन समुदायको जिम्मामा आयो तर त्यसले गरिबहरुको जीवनस्तरमा के रुपान्तरण ल्यायो ? विश्लेषणको खाँचो छ । सामुदायिक वन भनेको वनमा आश्रित तथा विपन्नका निम्ति हो । वनको उपलब्धि केही हदसम्म समुदायमा पुग्यो, तर विपन्नको घरधुरीभित्र छिर्न सकेको छैन । अब त्यता ध्यान दिन ढिला भैसकेको छ । सामुदायिक वनले करोडौँको कारोबार ग¥यो वा खातामा राख्यो त्यो उपलब्धि होइन, त्यो रकम परिचालनबाट विपन्न कति घरधुरीको समृद्धिमा टेवा पुग्यो त्यसलाई उपलब्धिको मापनको रुपमा हेरिनुपर्दछ । त्यसका लागि वन स्रोतको एकीकृत दिगो व्यवस्थापन गरिनुपर्दछ । उपभोक्ताको चाहना, आवश्यकता र वन क्षेत्रको उपलब्धताका आधारमा व्यवस्थापनको योजना बनाइनुपर्दछ ।

पर्यापर्यटनबाट आर्जित आम्दानीबाट वनले पूर्वाधार निर्माण, वनपैदावार संरक्षण तथा स्थानीय समुदायलाई वनसँगको निर्भरता हटाउन आयआर्जनको काम गर्दै आएको छ । पछिल्लो समय घरबास (होमस्टे) पनि पर्यटक आकर्षण गर्ने माध्यम बन्दै आएको छ । सो वनले आवासीय सुविधासहितको मचान (टावर) पनि सञ्चालन गर्दै आएको छ । सहरी क्षेत्रका सामुदायिक वन दैनिक उपभोगका लागि छैनन् भने पर्यापर्यटनका लागि प्रवद्र्धन गरिनुपर्दछ । यसका लागि सामुदायिक वनको कार्ययोजना परिमार्जन आवश्यक हुन्छ । त्यसका लागि सामुदायिक वन उपभोक्ता समूह आफैँ तातेर आफ्नो अनुकूल योजना बनाउनुपर्दछ । अब पनि कार्ययोजना बनाउन अर्काको मुख ताक्नु भनेको सामुदायिक वनलाई परनिर्भर र कुशासनतिर धकेल्नु हो ।

भौगोलिक क्षेत्रफलको हिसाबले सानो मुलुक भए पनि विश्वभर पर्यटकलाई आकर्षण गर्ने मुख्य आधार भनेको नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र जैविक विविधता नै हो । सर्वप्रथम विश्व पर्यटन बजारलाई आकर्षित गर्न नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश फैलाउन सक्नुपर्छ । अन्तर्र्रािष्ट्रय जगत्मा फैलिएका नकारात्मक भ्रम र सन्देशहरु चिर्न पर्यटन व्यवसायीदेखि हरेक क्षेत्रले उत्तिकै ध्यान दिन सकिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा पक्कै पनि फड्को मार्न समय लाग्दैन । पर्यटकहरु दुर्लभ वन्यजन्तु हेर्न, पर्यावरणीय सुन्दरतामा रमाउन, बहुसांस्कृतिक विशेषतामा लोभिन र बसाइँलाई स्मरणीय बनाउन नेपाल आउने भएकाले नयाँ गन्तव्यको प्रवद्र्धन गर्दै स्थानीयस्तरदेखि सरकारले वातावरण सिर्जना गर्न सके पर्यटन क्षेत्रले नयाँ उचाइ लिने आशा गर्न सकिन्छ ।

विश्वसम्पदा सूचीमा समावेश गरिएका नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदा क्षेत्रहरु विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुका लागि पनि आकर्षक पर्यटकीय गन्तव्यस्थलहरु बन्न सक्दछन् । नेपालका सांस्कृतिक क्षेत्रका दुई मह¤वपूर्ण विश्वसम्पदा क्षेत्रहरु हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरु दुवैलाई आकर्षण गर्न सक्ने भएकोले पर्यटन विकासमा ठूलो योगदान पु¥याउन सक्दछन् । नेपालका संरक्षण क्षेत्रहरुमा विश्वमा नै दुर्लभ मानिने वनस्पति तथा जीवजन्तुहरु रहेकाले विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुलाई आकर्षण गर्न सक्दछन् ।

नेपालले हाल कुल क्षेत्रफलको करिब २० प्रतिशत क्षेत्रफललाई संरक्षण क्षेत्रको रुपमा राखेको छ, जहाँ जैविक विविधताको संरक्षण भइरहेको छ । जैविक विविधताको संरक्षण गरिएका क्षेत्रहरुमा प्रकृति पर्यटन तथा पर्यापर्यटनको विकास गरी पर्यटन क्षेत्रबाट थप लाभ लिन सकिन्छ । नेपालले घोषणा गरेका संरक्षण क्षेत्रहरुमा विभिन्न दुर्लभ वन्यजन्तुका साथै दुर्लभ वनस्पति तथा वनपैदावारहरु पनि पाइने भएकोले वनपैदावार तथा वनस्पति अध्ययन तथा अनुसन्धान गर्ने पर्यटकहरुका लागि यी क्षेत्रहरु अति आकर्षक छन् । नेपालका संरक्षण क्षेत्रहरुमा रहेका पर्यावरणीय प्रणालीहरुले विश्वका जुनसुकै राष्ट्रका पर्यटकहरुलाई पनि आकर्षण गर्न सक्दछन् ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया