ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राज्यबाट आतंक सिर्जनाः आरोपित

by चितवन पोष्ट
२०७० चैत्र ९, आईतवार ०२:५० गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितका परिवारहरुले पटक–पटक आफूहरुलाई पक्राउ गरी राज्यले आतंक सिर्जना गरेको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले निर्दोष व्यक्तिहरुलाई अनुसन्धानको भिल्ला भराउँदै दुःख दिएकोमा आपत्ति जनाए । सोही घटनाका आरोपित भनी २५ दिन हिरासतमा रहेर रिहा भएका भरतपुरका पर्शुराम भनिने अजिव पौडेलले निर्दोष व्यक्तिलाई पक्राउ गरी मानवअधिकार उल्लंघन गरेको बताउनुभयो । अधिकारीको हत्याको आरोपमा शुक्रबार पक्राउका परेका आफ्ना बुबा ७२ वर्षीय छविलाल पौडेल निर्दोष रहेको भन्दै अजिवले वृद्व व्यक्तिलाई अनावश्यक दुःख दिएकोप्रति आपत्ति जनाउनुभयो ।
उहा“ले घटनामा संलग्नै नभएका वृद्व व्यक्तिलाई प्रहरी हिरासतमा राख्नु कति न्यायोचित हुने भन्दै मानवअधिकारकर्मीहरुलाई समेत मानवअधिकारको ख्याल गर्न आग्रह गर्नुभयो । उहा“ले घटनाको वास्तविक आरोपितहरुको पहिचान भइसकेको अवस्थामा आफूहरुका परिवारलाई बारम्बार पक्राउ गरी दुःख दिएको भन्दै मानवअधिकारकर्मीलाई प्रश्न गर्नुभयो के हाम्रो मानव अधिकार छैन ? बारम्बार बिना आधार लान्छना लगाउने र दःख दिनु नेपालको कुन कानुनमा व्यवस्था छ ?
सोही घटनाका आरोपित परिवारकी गोमा पौडेलले विना प्रमाण बारम्बार एक–एक गरी पक्राउ गर्नुभन्दा सबैलाई एकै पटक पक्राउ गरी अनुसन्धान गर्न प्रशासनलाई आग्रह गर्नुभयो । ‘रातारात घरमा आएर हामीमाथि आतंक सिर्जना भइरहेको छ, जाहेरीमा परेका सबैलाई उपस्थित हुन भन्नूस् हामी सबैलाई प्रहरी कार्यालय पु¥याउँछौं’ गोमाले भन्नुभयो ।
चितवन प्रहरीले सोही घटनाका आरोपी बिहीबार राति र शुक्रबार बिहान फुजेल ७ का छविलाल पौडेल र रनपा ११ जिरौनाका भीमसेन पौडेललाई पक्राउ गरी म्याद थप गरी अनुसन्धान गरेको छ । यसअघि पनि प्रहरीले आरोपितहरु रामप्रसाद अधिकारी र पर्शुराम भनिने अजिव पौडेललाई पक्राउ गरी २५ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि आवश्यक प्रमाण नपुगेको भन्दै छोडेको थियो ।
चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी अधिकारी हत्याका प्रत्यक्ष संलग्नहरुको नाम सार्वजनिक गरेको थियो । ती मध्य दुई जनाको द्वन्द्वकालमै दोहोरो सुरक्षा कारबाहीमा मृत्यु भएको जनाएको छ भने अर्का एक जना रत्ननगरका रूद्र आचार्य हाल वैदेशिक रोजगारीको सिलसिलामा बेलायतमा रहँदै आएको प्रहरीले जनाएको छ ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In